मासिन्या: तामाङ जातिमाथि उत्पीडनको कथा
नाटकमा मुख्य त जनयुद्ध कालको चित्रण छ । जनयुद्धकालको समयलाई हालको अवस्था चित्रण गर्दै इतिहासको कालखण्डलाई नाटकले जोड्ने प्रयास गरेको छ ।
राजधानीमा सम्पन्न ‘मिस एशिया नेपाल २०१८’ नामक सौन्दर्य प्रतियोगिताको शिर्ष ताज युनिशा केसीले उचालेकी छिन् । आफ्ना १४ प्रतिस्पर्धिलाई पछि पार्दै उनले पर्सनालिटी विधाको अवार्ड सहित प्रतियोगीताको शिर्ष उपाधि जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा हेमा हमाल मिस ग्ल्याम वल्र्ड नेपाल २०१८ का रुपमा चयन भइन् । युनिशा र हेमाले आ–आफ्नो उपाधिको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यसैबीच, सुष्मिता तामाङ, सारा कपाली, प्राप्ति लक्ष्मी सेन, संजिता रानाभाट, माला थापा मगर, श्वेच्छा राई, शिवानी लामिछाने, रिया गैरे, एच्छा मादेन र उरुषा जोशी गरी १० जना फाइनलिष्टहरु मिस ग्राण्ड नेपाल २०१८ को उपाधि दौडमा रहेका छन् । फाइनल प्रतिस्पर्धाबाट उल्लेखीत युवतीहरुमध्येबाट म्यानमारमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०१८ का लागि आधिकारिक नेपाली प्रतिनिधिको पक्का हुने छन् ।