Successfully Copied

यमुको झुम्काना

गीतमा झुम्काना लगाउने रहरलाई देखाइएको छ । गाउँघरमा मेला एवं हाटबजार जाने महिलाहरूको दैनिकी र यो सँगै मिसिएको झुम्काको रहरलाई गीतले प्रस्तुत गरेको छ ।


गायिका यम सरगम ( यमु घले) को स्वरमा ‘झुम्काना’ बोलको गीत सार्वजनिक भएको छ । टेकराज ओझाको शब्द रहेको गीतको भिडियोमा पवित्रा साकी (मिसपवि) र यशराज गराज फिचर्ड छन् । गीतको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । गायिका यमुसँग गरिएको छोटो कुराकानी ः
झुम्काना गीतको सन्देश के हो ?
गीतमा झुम्काना लगाउने रहरलाई देखाइएको छ । गाउँघरमा मेला एवं हाटबजार जाने महिलाहरूको दैनिकी र यो सँगै मिसिएको झुम्काको रहरलाई गीतले प्रस्तुत गरेको छ ।
गीतमा मोडलको छनोट कसरी हुन्छ ?
टिमकै सल्लाहमा छनोट हुने हो । विशेषगरी भिडियो निर्देशकहरूको भूमिका बढी हुन्छ ।

कस्तो गीत गाउन रुचाउनुहुन्छ ?

आधुनिक गीत गाउन रुचाउँछु । झुम्काना भने अलि पप स्टाइलको बनेको छ ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले थुप्रै गीत गाइसकेकी छु । ६–७ वटा गीतका भिडियो बनेका छन् । ‘शुभकामना’, ‘बिहानीको’,‘पानीजस्तो सङ्लो मन’, ‘सुनसान रातमा’ जस्ता गीतका भिडियो सार्वजनिक भइसकेका छन् ।

 Image