कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
तीज नजिकिएसँगै तीजका गीतहरु बजारमा प्रसस्तै आएका छन् । कलाकारलाई तीजका गीत गाउन भ्याईनभ्याइ छ । तीजलाई धेरै कलाकार जन्माउने पर्वका रुपमा पनि हेरिने गरेको छ । तीजको मेसो पारेर थुप्रै गायक/गायिकाहरु सांगीति क्षेत्रमा आउने गरेका छन् ।
बजारमा तीजका गीत आउने क्रममा गायिका सिमा चन्दका २ गीत पनि सार्वजनिक भएका छन् । सार्वजनिक दुबै गीतमा सिमाको आफ्नै शब्द तथा लय समेटिएको छ । दुई फरक गीतमा सीमालाई २ फरक फरक पुरुष गायकले गायनमा साथ दिएका छन् ।
घाँगर लगाउ मायालुको म्यूजिक भिडियो :
घाँगर लगाउ मायालु बोलको गीतमा गायक सञ्जन धामीले सिमालाई गायनमा साथ दिएका छन् । दिलको बजारमा बोलको अर्को गीतमा विमल साउद क्षेत्रीले गायनमा साथ दिएका छन् । यो गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।
दिलको बजारमाको म्यूजिक भिडियो :