‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।

गायिका उमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । भाईरल बोलको सार्वजनिक गीत गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि गाएका छन् । सार्वजनिक गीतमा पछिल्लो समय सामाजिक सञ्जालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ ।
दीपक शर्माको शब्द/संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।
समसामयिक विषयमा बनाईएको उक्त गीतमा प्रकाश खड्काले क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् ।
भाईरलको म्यूजिक भिडियो :