गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ ।

तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार हुन् । उनले तीज गीतमा भने पहिलो चोटि मोडलिङ गरेको बताए ।
‘आधुनिक र लोकगीतमा पहिला पनि काम गरेको थिएँ । तर तीज गीतमा पहिलो पटक हो । गाह्रो होला कि जस्तो लागेको थियो तर गायिका मञ्जु पौडेल र नीताको सहयोगका कारण सजिलो भयो,’ दिपेन्द्रले भने । नीताले पनि दिपेन्द्रको काम प्रोफेसनल मोडलभन्दा कम नरहेको बताइन् ।
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा 'दसैं आयो'ले जित्यो १ लाख नगद
शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो'ले एक लाख नगद पुरस्कार जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा'मा दसैं आयो प्रथम भएको हो।