थिएटरमा सशक्त महिला
कलाकारहरू उषा रजक, आकांक्षा कार्की र रेखा थापा अनुभव, भोगाइका साथ थिएटरमा देखिएका महिला शक्तिहरुका रूपमा देखिएका छन् । रंगमञ्च अहिले महिलाको संसार, भोगाइ, चाहना र संघर्षलाई समाजमाझ पुर्याउने एउटा शक्तिशाली माध्यम बन्दै गएको छ ।
मिस नेपाल–२०१७ निकिता चण्डक आफ्नो कार्यकाल सकिएको केही दिनमै चलचित्रमा अनुबन्धित भइन् । उनी चलचित्र रानी महलबाट डेब्यु गर्दैछिन् । भारतमा मोडलिङ गर्दादेखि नै चलचित्रमा अभिनय गर्न चाहने निकिता यसरी अचानक नेपाली चलचित्रबाट डेब्यु गरिहाल्ने सोचमा भने थिइनन् । राम्रो कथा र चरित्रले गर्दा काम गरिहालेको बताउने निकिताको सपना नेपाली चलचित्रमा छुट्टै छवि बनाउने छ ।
मिस नेपाल हुँदा नै उनलाई थुप्रै चलचित्रबाट अफर आएका थिए । पहिलो चलचित्रको रेस्पोन्सपछि मात्र अरू चलचित्रमा काम गर्ने सोच निकिताको छ । बलिउडकी नायिका दीपिका पादुकोणजस्तै भन्ने कमेन्ट सुन्दासुन्दै आफूमा नायिका हुन सक्छु भन्ने विश्वास पलाएको उनी बताउँछिन् । निकिता भन्छिन्–यदि भोलि बलिउडमा नायिकाका रूपमा देखा परें भने पनि अचम्म हुने छैन किनभने मेरो सपना धेरै टाढाको छ ।