सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
नेपालमा आफू अभिनीत चलचित्र त्यति नचलेर फुर्सदमा रहेकी सन् २०११ की मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अमेरिकाको टेक्सास राज्यमा हुने छैटौं मिस नेपाल यूएस–२०१८ कि आधिकारिक प्रशिक्षक नियुक्त भएकी छिन् ।
टेक्सासको ड्यालसमा आगामी अगस्ट १९ तारिख आइतबार भएको उक्त कार्यक्रमका लागि मलिनालाई छनौट गरिएको जानकारी आयोजकहरूले नै सार्वजनिक गरेका हुन् ।
सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक भैसकेकी मलिना एसियन पेन्ट्सकी ब्रान्ड इन्डोरसर, डिस होमकी ब्रान्ड सद्भाव दूत, मिस भुटान यूएसएकी आधिकारिक कोरियोग्राफर, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफर तथा विश्व वन्यजन्तु कोष नेपालकी पूर्व युवा संरक्षण रहिसकेकी छिन् ।