मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।
जेरीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आना शर्माको अभिनयलाई दर्शकले खुबै मन पराए । त्यसपछि आनालाई केही वर्षमै नेपाली चलचित्रलाई नेतृत्व गर्ने अभिनेत्रीका रूपमा समेत लिइयो । चलचित्र जेरीपछि आनालाई अभिनयको असाध्यै धेरै अफर आयो, तर उनी स्क्रिप्ट चित्त बुझेन भन्दै पन्छिइन् ।
झन्डै दुई वर्षपछि उनको दोस्रो चलचित्र ग्याङस्टार ब्लूज हलमा आयो, चलचित्र ठिकठाकै चल्यो, तर आना त्यसपछि भने कुनै चलचित्रमा देखिएकी छैनन् । अहिले इन्स्ट्राग्राममा आना तथा व्यवसायी सोनाम शेर्पाको प्रेम छताछुल्ल छ ।
आनाको ध्यान चलचित्रमा भन्दा व्यक्तिगत जीवनमै बढी देखिन्छ । कतै सोनामले नै आनालाई चलचित्र अभिनयबाट रोकेका त होइनन् ? यो रहस्य भने आनाबाहेक अरू कसलाई थाहा होला र ?