कुसुम बनिन् : मिस साउथ इस्ट एसिया नोबल
इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।

हालै राजधानीमा सम्पन्न मिस एसईइ स्टार २०१८ शीर्षक अन्तर्गतको प्रतियोगितामा विजेताको ताज पहिरिन सन्ध्या कोइराला सफल भएकी छिन् । उनी मिस ट्यालेन्ट अवार्डतर्फ पनि विजयी बनिन् ।
प्रतियोगितामा सुश्मिता श्रेष्ठले मिस पपुलर उपाधि सहित फस्ट रनर अप तथा मिस इन्टिलेक्चुयल अवार्ड सहित युना सिटौलाले सेकेन्ड रनर अपको उपाधि उचालेका थिए ।
थर्ड रनर अप उपाधिमा चाँदनी थापाले आफ्नो नाम दर्ता गर्न सफल भईन् । ग्रेस इभेन्टस्को सहकार्यमा भवानी इन्टरटेन्मेन्टको ब्यानरमा संचालन भएको सो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो ।