म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
हालै राजधानीमा सम्पन्न मिस एसईइ स्टार २०१८ शीर्षक अन्तर्गतको प्रतियोगितामा विजेताको ताज पहिरिन सन्ध्या कोइराला सफल भएकी छिन् । उनी मिस ट्यालेन्ट अवार्डतर्फ पनि विजयी बनिन् ।
प्रतियोगितामा सुश्मिता श्रेष्ठले मिस पपुलर उपाधि सहित फस्ट रनर अप तथा मिस इन्टिलेक्चुयल अवार्ड सहित युना सिटौलाले सेकेन्ड रनर अपको उपाधि उचालेका थिए ।
थर्ड रनर अप उपाधिमा चाँदनी थापाले आफ्नो नाम दर्ता गर्न सफल भईन् । ग्रेस इभेन्टस्को सहकार्यमा भवानी इन्टरटेन्मेन्टको ब्यानरमा संचालन भएको सो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो ।