Successfully Copied

आत्मविश्वासी मिसेज ग्लाम एलिजा

३२ वर्षकी उनी अग्ली, गोरी नभए पनि कन्फिडेन्ट र मनको स्वच्छताले नै सुन्दरता मापन गर्छ भन्ने सोचलाई मूर्तरूप दिनकै लागि मिसेस ग्लाम नेपालमा भाग लिन पुगेकी हुन् । उनी भन्दा थुप्रै सुन्दरी प्रतियोगी भए पनि अन्त्यमा उनले नै मिसेस ग्लाम नेपालको उपाधि चुम्न

भक्तपुरकी एलिजा महर्जन सानैदेखि मिस नेपालकी प्रशंसक हुन् । तर उचाइका कारण उनले उक्त प्रतियोगितामा भाग लिने अवसर पाइनन् । स्कुल पढ्दादेखि नै आत्मविश्वासी र वक्तृत्वकला प्रतियोगितामा अब्बल एलिजा विभिन्न कार्यक्रममा वक्ताका रूपमा भाग लिन पुग्थिन् ।

३२ वर्षकी उनी अग्ली, गोरी नभए पनि कन्फिडेन्ट र मनको स्वच्छताले नै सुन्दरता मापन गर्छ भन्ने सोचलाई मूर्तरूप दिनकै लागि मिसेस ग्लाम नेपालमा भाग लिन पुगेकी हुन् । उनी भन्दा थुप्रै सुन्दरी प्रतियोगी भए पनि अन्त्यमा उनले नै मिसेस ग्लाम नेपालको उपाधि चुम्न सफल भइन् ।

कविता लेख्न र पुस्तकहरू पढ्न रुचाउने उनी अहिले एमभी दुगड ग्रुपको हेड अफ एचआरका रूपमा कार्यरत छिन् ।

 Image