कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यसै साता राजधानीमा सम्पन्न ‘मिस ग्लोब इन्टरनेसनल नेपाल २०१८’को उपाधि क्रान्तिशिखा धितालले हासिल गरेकी छिन् । उनले वेष्ट पर्सनालिटी विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् ।
प्रतियोगिताको फस्ट रनर अप ओसियन प्रधानले बाजी मारिन् भने निर्जला अधिकारीले सेकेन्ड रनर अपमा कब्जा जमाइन् । ओसियनले वेष्ट फिगरको उपाधि पनि हात पारेको सो स्पर्धामा निर्जलाले क्याटवाक, ट्यालेन्ट र फोटोजेनिक विधा गरी ह्याट्रिक गरिन् । थर्ड रनर अप तर्फ रिना बोमजन छनौट भएकी थिइन् । उनले कन्फिडेन्ट विधाको अवार्ड पनि उचालिन् ।
यमुना विष्टले भने पपुलर विधाको ताज पहिरिन सफल भइन् । यस बाहेक उनी स्पीच, फेसबुक च्वाइस र भिअर च्वाइस विधातर्फ पनि विजयी बनिन् । १४ जना प्रतिस्पर्धी रहेको सो प्रतियोगिता स्टार वन् इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो ।