कुसुम बनिन् : मिस साउथ इस्ट एसिया नोबल
इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवर महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् ।

मिसेस नेपाल यूके आस्था जोशी अब म्युजिक भिडियोमा पनि देखिने भएकी छिन् । पछिल्लो समय सफल म्युजिक भिडियो निर्देशकका रुपमा स्थापित लण्डनस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले आस्थालाई म्युजिक भिडियोमा अभिनय गराउने भएका छन् ।
टंक बुढाथोकीको स्वर तथा संगीत रहेको ‘किन हेऱ्यौ फर्किएर’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गर्ने तय भएको हो । म्यूजिक भिडियोमा आस्थासँगै उक्त गीतका गीतकार सर्वेन्द्र अधिकारीले स्क्रिन शेयर गर्ने भएका छन् ।
लण्डन फेसन हाउसको आयोजनामा गत वर्ष आयोजित पहिलो मिसेस नेपाल यूकेकी विजेता आस्थाको यो पहिलो म्युजिक भिडियो हुनेछ । निर्देशक कुशल श्रेष्ठकै छायांकन तथा सम्पादन रहने म्युजिक भिडियोमा सह–निर्देशन विष्णु श्रेष्ठ तथा सह–छायांकन विकेशराज बस्नेतको रहने छ ।