मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
सानैदेखि नायिका हुने सपना पालेकी सृष्टि खड्का सिकेर, बुझेर चलचित्रमा आउने योजनामा छिन् । राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई आदिका २५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सृष्टि अहिले गुरुकुलमा सुनील पोखरेलसँग अभिनय सिक्दैछिन् ।
धेरै अफर आए पनि अभिनय, डान्स, फाइट सबै विषयमा ज्ञान लिएपछि मात्र काममा हात हाल्ने सोच बनाएकी सृष्टिले नेपाली चलचित्रमै काम गर्दै दर्शकहरूमाझ रहने कुरा बताइन् । प्रियंका कार्की तथा प्रदीप खड्काको अभिनयबाट प्रभावित सृष्टि भन्छिन्–‘म नायिकामा हुनुपर्ने सबै गुण आफूमा विकसित गरेपछि मात्र चलचित्रमा आउँछु । म रहरले आएर हराउने नायिका बन्न चाहन्न ।’