म्युजिक एक थेरापी
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ ।
चलचित्र रुद्रमार्फत डेब्यु गरेकी नायिका सारा सिरपाइलीको सोचेअनुसार न चलचित्र चल्यो, न त उनले आफूलाई नै चिनाउन सकिन् । मोडलिङमा लागेर केही समय हराएकी सारा चलचित्र क्षेत्रमा केही गरौं भन्ने सोचका साथ आएकी हुन् ।
नायक निखिल उप्रेतीसँग पहिलो पटक नायिकाका रूपमा काम गरेकी सारालाई उनको अभिनय र निखिलसँग सुहाउँदो केमेस्ट्रीकै कारणपिंजडा ब्याक अगेनमा नायिकाका रुपमा काम गराइएको छ । पिंजडाको सिक्वेल भएकाले यही चलचित्रमार्फत आफू स्थापित हुने कुरामा सारा निकै आशावादी छिन् ।