मिस इको इन्टरनेसनल २०२३
मिस इको इन्टरनेसनल २०२३
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको सम्पदा संरक्षणमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस हेरिटेज क्वीन नेपाल २०१७ ताज रुपा लामाको शीरमा सजिएको छ । प्रतियोगिता रुपाले पर्सनालिटी, पपुलर विधाको अवार्ड पनि हात पार्न सफल भइन् ।
कार्यक्रममा फ्रेन्डशीप अवार्ड सहित बन्दना तामाङ मोक्तान फस्ट रनर अप, वेष्ट वाक अवार्ड सहित सरिता दोङ लामा सेकेन्ड रनर अप तथा भिअर च्वाइस, फेसबुक लाइक अवार्ड सहित संगीता तामाङ थर्ड रनर अप चयन भएका थिए ।
युथ क्रियशन नेपालको आयोजना भएको सो प्रतिस्पर्धामा १३ जना युवतीहरु सहभागि रहेका थिए ।