मिस इको इन्टरनेसनल २०२३
मिस इको इन्टरनेसनल २०२३

एसईई अर्थात् माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राईले विजेताको ताज पहिरिन सफल भएकी छिन् । ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १४ जना सहभागिहरु प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कन्फिडेण्ट अवार्ड सहित रोशिक थापा फस्ट रनर अप, बेस्ट ड्रेस अवार्ड सहित सेलिना महर्जन सेकेन्ड रनर अप तथा रुबी कक्षपति थर्ड रनर अप उपाधिमा विजेता बने । रुबीले फ्रेन्डली र पब्लिक च्वाईस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पार्न सफल भइन् ।
प्रतियोगिताको अन्य विविध विधामा लोरिश गुरुङ बब्ली, वर्षा घोरासैनी क्याटवाक, जेसिका शाही बेस्ट स्माइल, दैशा श्रेष्ठ बेस्ट पर्सनालिटी, श्रेया श्रेष्ठ डिसिप्लिन, पुजा सिवाकोटी पङ्चुअल, सुष्मिता कार्की बेस्ट हेयर, अमिषा गुरुङ इन्टरटेनर, सामाना घिमिरे बेस्ट फिगर अवार्ड विचेता चयन गरिएका थिए । प्रतियोगिता नमित भण्डारीको कोरियोग्राफीमा संचालन भएको थियो ।