‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’
नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।
सौन्दर्य तथा मोडल प्रतिस्पर्धाहरु मंचन हुने क्रम बढीरहेकै मेसो हालै राजधानीमा नयाँ प्रतिस्पर्धाको श्री गणेश भएको छ, मिष्टर एण्ड मिस रेजिनाको नामबाट । रेक्स फेसन होमले आयोजना गरेको यो प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको हो । युवा युवती गरी १४ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको सो प्रतियोगितामा अनिश शाहीले पपुलर र वेष्ट ड्रेस विधाको अवार्ड सहित मिष्टर रेक्सको अवार्ड जित्न सफल भए भने मिस रेजिनाको उपाधिको ताज सुनिता तामाङले पहिरिन् । प्रतियोगितामा किशोर पौडेल र सुमिना तामाङ फस्ट रनर अप तथा कौशल भण्डारी र दृष्टि श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । नव कलाकारहरुको नृत्य तथा गायन प्रस्तुति संगै गायक धिरज राईले आफ्ना चर्चित गीतहरुको माफ्र्त सो प्रतियोगितात्मक कार्यक्रममा सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।