म्युजिक भिडियोमा डा. अनुश्का
डा. अनुश्काले जीवनसाथी स्वस्तिक पोख्रेलसँगै पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरिन् । गायिका गीता पाण्डेको गीत ‘माछी भुल्यो’ मा उनीहरूले प्रेमभाव प्रस्तुत गरेका छन् ।
गीतकार अम्बिका गुरुङले आफ्ना श्रीमान् बुद्धि बहादुर गुरुङको ६९ जन्मोत्सवको अवसर पारेर आफैंले रचना गरेको ‘आँखामा तिम्रो...’ गीतको म्युजिक भिडियो प्रिमियर गरेकी छिन् ।
हास्य अभिनेता शुलेमान शंकर ईकुद्वारा काठमाडौंको मुलपानीमा सञ्चालित स्नेह आश्रममा गीतकार गुरुङको तर्फबाट म्युजिक भिडियो प्रिमियर गर्नुअघि त्यहाँ आश्रित टुहुरा बालबालिकाहरुलाई नगद २१ हजार रुपैयाँका साथमा विभिन्न उपहार, कापी–कलम तथा खानेकुरा प्रदान गरियो । त्यसक्रममा बालबालिकाहरुले जन्मदिनको केक काटेर खुशीयाली साटासाट गरे । शुलेमान शंकरद्वारा अघिल्लो वर्ष स्थापित स्नेह आश्रममा यतिबेला सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट आदि जिल्लाका भूकम्पपीडित बालबालिकाहरु आश्रित छन् ।
सहयोग राशी ग्रहण गर्दै हास्य कलाकार शुलेमानले गीतकार गुरुङलाई आफ्नो श्रीमान्को जन्मदिन तथा भिडियो प्रिमियरका लागि आफ्नो आश्रम छनोट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । शुलेमानले आगामी एक वर्ष भित्र मुलपानी क्षेत्रमै जग्गा भाडामा लिएर बालबालिकाका लागि घर निर्माणको तयारी थालेको बताए ।
‘आँखामा तिम्रो...’ गीतमा गायिका जुना प्रसाईंको स्वर तथा प्रकाश लेप्चाको संगीत निर्देशन छ । लेप्चाकै संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मिस राई–२०१६ सीता राई तथा मोडल शिवदास गुरुङले अभिनय गरेका छन् ।
म्युजिक भिडियो :