सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक
सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।
नयाँ वर्षको पहिलो दिन गत शनिवार बेलायतको रिडिङमा नेपाली मोडलहरुले फेसन शो प्रस्तुत गरेका छन् । पुराना कोरियोग्राफर सिद्धान्त घिमिरेको कोरियोग्राफीमा मोडलहरुले विभिन्न आधा दर्जन सिक्वेन्समार्फत विभिन्न पहिरनहरु प्रदर्शन गरेका हुन् । ग्रेटर रिडिङ नेप्लिज कम्युनिटी एसोसिएसन इन यूकेले आयोजना गरेको कार्यक्रममा बालबालिकाको फेसन शोले दर्शकको मन जितेको थियो । उनीहरुले आकर्षक क्याटवाकमार्फत विभिन्न फेन्सी ड्ेरस प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपालबाट गएका गायक शिव परियारले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । बेलायतमै बसोबास गर्ने गायक भीम निरौलाले पनि आफ्नो प्रस्तुतीमार्फत दर्शकको मन जिते ।