आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।
युवा कलाकार मीना कायस्थका कला लोकप्रिय छन् । समयको मागअनुसार कलाकृति प्रस्तुत गर्न पोख्त कायस्थले मानिसहरूमा हुने नवरसलाई थिम बनाई रिसाइकल गरिएका पेपरमेसीबाट कला सिर्जना गरेकी छिन् । यो कला पहिलेको समय र प्राकृतिक कुरामा आधारित छ । भुइँमा लिप्ने रातोमाटोको रंग, बत्ती नहुँदा देखिने मानव छाया तथा मानवीय अनुभूतिहरूलाई समेटी तयार पारिएको यो कला गत महिना द्वारिका होटलमा प्रदर्शन गरिएको थियो ।