प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
आधुनिक गीतमा आफ्नो अलग स्थान बनाइसकेकी गायिका सविना कार्कीले भर्खरै आफ्नो नयाँ एल्बम बजारमा ल्याएकी छिन् । ६ वटा गीत समावेश गरिएको यो एल्बममा रहेको तिम्रो कल्पनामा र यो घरको छानो गीतमा क्रमश: गायक आनन्द कार्की र स्वरूपराज आचार्यले गायिका कार्कीलाई साथ दिएका छन् ।
सचिन सिंह, सञ्जय खड्गी, बी.बी. अनुरागी, अनिल शाही, शम्भुजित बाँस्कोटाले संगीत दिएको एल्बम सार्थकमा श्रीपुरुष ढकाल, दिनेश अधिकारी, अनिल शाही, प्रकाश पुञ्ज एवं प्रविन दाहालको शब्द सुन्न सकिन्छ भने एउटा गीतमा गायिका कार्कीकै शब्द तथा संगीत छ ।