सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक
सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।
मिस नेपाल अर्थका रूपमा मिस अर्थमा भाग लिएर फर्किएपछि नगमा श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको नशा नै लाग्यो । विभिन्न देशबाट आएका प्रतियोगी सुन्दरीहरूसँगको भेटघाट, परिचय तथा सम्बन्धका कारण मिस अर्थपछि पनि उनी चुप लागेर बसिनन् । वल्र्ड मिस युनिभर्सिटीमा मिस फिटनेस तथा थर्ड रनर अपको उपाधि जितेकी नगमा त्यसपछि अन्तर्राष्ट्रिय प्याजेन्टमा सहभागी हुन उत्साह बढेको बताउँछिन् ।
त्यसपछि उनलाई मिस इको युनिभर्सका लागि प्रस्ताव आयो । ५५ वटा देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरी उनले टुरिज्म भिडियोमा वेस्ट अवार्ड जितिन् । २४ वर्षकी नगमा ब्युटी प्याजेन्टमा सहभागी हुन पाउने उमेर २७ वर्ष नपुगेसम्म त्यसमा भाग लिइरहने बताउँछिन् । अरु पनि केही अन्तर्राष्ट्रिय प्याजेन्टका लागि अफर आइरहेको बताउँदै नगमा भन्छिन्–मिस युनिभर्समा जाने रहर भए पनि नेपालले भाग लिने कुनै प्रावधान नभएकाले केही दु:ख पनि लागेको छ ।