Successfully Copied

मन्टेश्वरी शिक्षाको आवश्यकता

बालबालिकाहरूलाई आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्व तथा परम्पराहरूका बारेमा अवगत गराई त्यसको संरक्षण एव सम्वद्र्धन गर्न सिकाउँछ र तिनलाई निरन्तरता दिन सक्षम बनाउँछ ।

१    मन्टेश्वरी शिक्षाले बालबालिकालाई अनुशासित जीवन बिताउन सिकाउनुका साथै सभ्य एवं मर्यादित बनाउँछ ।

२    बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रस्फुटित गर्दै अघि बढ्न सिकाउँछ वा सहयोग गर्छ ।

३    बालबालिकाहरूको बौद्धिक विकासमा चुस्तता ल्याउँछ ।

४    बालबालिकाहरूको शारीरिक विकासमा सहयोगी भूमिका निर्वाह गर्छ ।

५    यसले बालबालिकाहरूलाई समूहमा बसेर टिम वर्क गर्न सिकाउँछ ।

६    बालबालिकाहरूलाई सूक्ष्मभन्दा सूक्ष्म विषयका बारेमा अवगत गराउँदै सकारात्मक भावनाको विकास गर्न सहयोग गर्छ ।

७    बालबालिकाहरूलाई माया, प्रेम, सद्भाव, आदर, सत्कार आदि कुराको ज्ञान दिएर उनीहरूमा आत्मीय स्वभावको विकास गर्दै समाजमा घुलमिल हुन सिकाउँछ ।

८    बालबालिकाहरूलाई आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्व तथा परम्पराहरूका बारेमा अवगत गराई त्यसको संरक्षण एव सम्वद्र्धन गर्न सिकाउँछ र तिनलाई निरन्तरता दिन सक्षम बनाउँछ ।

९    यसले बालबालिकाको सिकाइ क्रियाकलापलाई पूर्णता दिन्छ ।

१०    बालबालिकाहरूलाई योग्य, सक्षम, सबल, कर्मठ अनि देशप्रेमी बन्न उत्प्रेरित गर्छ ।

 Image