हाइड एण्ड सिक मन्टेश्वरी
सानो भर्याङस्थित हाइड एण्ड सिक मन्टेश्वरीले स्थापना भएको करिब एक वर्षमै गुणस्तरीय शिक्षाका कारण धेरै अभिभावकको मन जितिसकेको छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2016/miscellaneous/2303201604512512512354_10205843614185320_7321909662523257527_n.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2016/miscellaneous/2303201604512512512354_10205843614185320_7321909662523257527_n.jpg&w=1000&height=600)
रिया राइ , प्रि प्राइमरी हेड , सिद्धार्थ बिद्यापिठ
‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने आदर्शबाट प्रेरित भएर कर्ममा लागिपरेकी रिया राइ शिक्षामा लागेको लामो समय भैसकेको छ । राम्रो तथा उत्कृष्ट शिक्षा प्रदान गरी देशका लागि योग्य नागरिक तथा जनशक्ति निर्माण गर्ने उनको उद्देश्य छ । राइ भन्छिन्–म त देश बनाउने कुराभन्दा पनि देशका बालबालिका बनाउने कुरामा केन्द्रित छु । बालबालिकाहरूलाई राम्रो शिक्षा प्रदान गर्न कटिबद्ध छु । मोन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकाहरूलाई राष्ट्रको जिम्मेवार तथा सामथ्र्यवान् जनशक्ति बनाउने जग बसाल्छ । रिया शिक्षाका साथ नानीहरूलाई राम्रो संस्कार दिन पनि प्रयासरत छिन् । राइ भन्छिन्–शिक्षामा लाग्नेहरूले देशका लागि दिने भनेको राम्रा विद्यार्थी हुन् जसले भविष्यमा देश हाँक्न सकून् ।’ उनी गलत काम कहिल्यै गर्दिनन् । नेपाली संस्कारलाई निरन्तता दिनुपर्नेमा जोड दिन्छिन् । रिया सेभ दि वाटर सेभ दि इनर्जीकी पक्षधर हुन् ।