‘सानै उमेरदेखि आत्मनिर्भरता’
घरमा एक जनासँग मात्र बस्दा बालबालिकाले सीमित कुरा सिक्छन् । तर यहाँ उनीहरूले फुडिङ, सामाजिक सीप, पर्सनल हाइजिन, समूहमा घुलमिल हुने बानी सबै सिक्छन् ।
रिया राइ , प्रि प्राइमरी हेड , सिद्धार्थ बिद्यापिठ
‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने आदर्शबाट प्रेरित भएर कर्ममा लागिपरेकी रिया राइ शिक्षामा लागेको लामो समय भैसकेको छ । राम्रो तथा उत्कृष्ट शिक्षा प्रदान गरी देशका लागि योग्य नागरिक तथा जनशक्ति निर्माण गर्ने उनको उद्देश्य छ । राइ भन्छिन्–म त देश बनाउने कुराभन्दा पनि देशका बालबालिका बनाउने कुरामा केन्द्रित छु । बालबालिकाहरूलाई राम्रो शिक्षा प्रदान गर्न कटिबद्ध छु । मोन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकाहरूलाई राष्ट्रको जिम्मेवार तथा सामथ्र्यवान् जनशक्ति बनाउने जग बसाल्छ । रिया शिक्षाका साथ नानीहरूलाई राम्रो संस्कार दिन पनि प्रयासरत छिन् । राइ भन्छिन्–शिक्षामा लाग्नेहरूले देशका लागि दिने भनेको राम्रा विद्यार्थी हुन् जसले भविष्यमा देश हाँक्न सकून् ।’ उनी गलत काम कहिल्यै गर्दिनन् । नेपाली संस्कारलाई निरन्तता दिनुपर्नेमा जोड दिन्छिन् । रिया सेभ दि वाटर सेभ दि इनर्जीकी पक्षधर हुन् ।