Successfully Copied

साहसी सेफाली

आजका युवा छिटै ‘लाइमलाइट’ मा आउने र तत्काल नाम, दाम र पब्लिसिटी पाइने क्षेत्रतर्फ आकर्षित भइरहेका बेला २२ वर्षीया सेफाली गौतम भने नेपालको कन्स्ट्रक्सन क्षेत्रमा नयाँ केही गर्ने उद्देश्यका साथ अष्ट्रेलिया छाडेर जन्मभूमि फर्किएकी छिन् ।



नेपालको कन्स्ट्रक्सन क्षेत्रमा महिलाको संख्या निकै कम छ । धूलोमाटोमा लटपटिनुपर्ने, घाममा डढ्नुपर्ने, परेको खण्डमा भारी पनि उठाउनुपर्ने योपेसाप्रतिको आकर्षण अझ युवापुस्तामा त यसैपनि कम हुने नै भयो । यो फिल्डमा हामी बिल्डर्स वा कन्ट्रयाक्टर महिला कमै देख्न पाउँछौं । आजका युवा छिटै ‘लाइमलाइट’ मा आउने र तत्काल नाम, दाम र पब्लिसिटी पाइने क्षेत्रतर्फ आकर्षित भइरहेका बेला २२ वर्षीया सेफाली गौतम भने नेपालको कन्स्ट्रक्सन क्षेत्रमा नयाँ केही गर्ने उद्देश्यका साथ अष्ट्रेलिया छाडेर जन्मभूमि फर्किएकी छिन् । हाल उनी ड्रागन जे.बी. कम्पनीको प्रबन्ध–निर्देशकको कार्यभार सम्हालिरहेकी छिन् । यस कम्पनीले सडक तथा पुल निर्माण र सिंचाइमा काम गरिरहेको छ । भर्खरै मात्र ‘ड्रागन जे.बी.’ ले मुड्खु तीनपिप्लेमा ४ दशमलव ५ कि.मि सडक ४ महिनामै निर्माण सम्पन्न गरेर छोटो समयमै लामो काम सिध्याएवापत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उत्कृष्ट सम्मान प्राप्त गरेको छ ।

चलचित्र निर्माता तथा डिजाइनर पूनम क्षेत्री गौतम र बिल्डर्स कृष्ण गौतमका दुई छोरीमध्ये सेफाली जेठी हुन् । उनले ड्याफोडिल स्कुलबाट एसएलसी, युलेन्स स्कुलबाट प्लस टु र अस्ट्रेलियाको पर्थस्थित कर्टइन युनिभर्सिटीबाट विल्ट इन इनभाइरोमेन्टमा ब्याचलरसम्मको अध्ययन पूरा गरी हाल गोकर्णेश्वरस्थित नामी कलेजमा प्रोजेक्ट म्यानेजमेन्ट विषयमा बीबीए गर्दैछिन् ।  अष्ट्रेलियाको आकर्षण जागिर छाडेर नेपाल किन फर्किएको भन्ने प्रश्नमा उनले भनिन्–‘विकसित देशहरूमा यसै पनि पूर्वाधार र प्रविधिले सम्पन्न छन् । हाम्रो देशमा बनाउनुपर्ने थुप्रै कुरा बाँकी छन् । अर्को कुरा मलाई नेपालको माटोको सुगन्ध र आमाबुवाको न्यानो तथा मायालु काखले तान्यो । मूल कुरा आफूले उता सिकेको ज्ञान र सीपलाई नेपालमै लगानी गर्न चाहन्थें यिनै कारणले नेपाल फर्किएँ ।’

सेफालीको परिचय यत्तिमा मात्रै सिमित छैन । सन् २०१९ मा रिलिज भएको ठूलोपर्दाको चलचित्र ‘मारुनी’ को सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी सम्हालेकी थिइन् । उनकै अवधारणामा बनेको उक्त चलचित्र स्वदेश तथा विदेशमा निक्कै रुचाइयो । त्यसबाहेक सेफालीले ‘द सेलिब्रेटी रनवे’ नामक गाला फेसन शोको कन्सेप्ट बनाउनेदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएकी थिइन् । ‘मलाई फरक विधामा काम गर्ने रुचि पनि उत्तिकै छ । आफूसँग भएको क्षमतालाई पृथक् काममार्फत परीक्षण गर्न पनि उत्तिकै मन पर्छ । काम गरिसकेपछि आफूले कतिसम्म गर्न सक्दोरहेछु भन्ने पनि थाहा हुन्छ ।’ सेफाली भन्छिन्–‘आजसम्म मैले गरेका कामहरुको परिणाममा दुःख मनाउ र पश्चाताप गर्न परेको छैन । राम्रै रिजल्ट अँइरहेको छ । यसप्रति म सन्तुष्ट छु ।’
सेफालीका मनका कुरा


हाल केमा व्यस्त हुनुहुन्छ ?
पढाइ सँगसँगै ड्रागन जे.बी. को काममा व्यस्त छु । अर्को एउटा नयाँ स्टार्टअपको पनि तयारीमा छु ।

विदेशमा पढेर उतै काम गरेकी युवती, अस्टे«लिया नबसेर किन नेपाल फर्किनुभयो ?
जानुअघि नै पढाइ सिध्याएपछि नेपाल फर्किएर आफ्नै देश बनाउने उद्देश्य बोकेर मानसिक तयारीका साथ गएकी थिएँ । चार वर्ष बसें, पढें, जहाँ म बसें त्यहाँ थुप्रै नेपाली विद्यार्थी थिए जो त्यहीँ सेटल हुन चाहन्थे । त्यो देख्दा मलाई नेपालमा युवा खोइ त ? भन्ने प्रश्नले मन पोलिरहन्थ्यो । देशलाई युवाको खाँचोको उत्कर्ष समय हो यो । अरु मुलुक विकासको कुन तहमा पुगिसके हामी कहाँ छौं ? यो हाम्रा लागि ठूलो चुनौती हो । यसैगरी हाम्रो युवाशक्ति विदेश पलायन हुने हो भने अबका दुई–चार दशकपछि पनि हाम्रो स्थिति यस्तै हुन्छ । मुलुकप्रतिको चासो चिन्ता र अभिभावकको मायाले मलाई डो¥याएर फेरि यहीँ ल्याइपु¥यायो ।

अष्ट्रेलियाबाट नेपाल फर्किएपछि कस्तो महसुस भयो ?
आफ्नो जन्मभूमिमा त्यो पनि आमाबुवाको काखमा जुन मज्जा र जिउनुको सार छ अन्त कतै छ जस्तो मलाई लाग्दैन । यहाँ मेरो करियर गोल छ । नेपालमा देखिएका जतिपनि कमजोरी छन् तिनलाई म चुनौतीका रूपमा लिएर त्यसलाई परास्त गर्दै सफल हुन चाहन्छु ।

अहिले तपाईंले गरिरहेको मूल काम के हो ?
मैले विदेशमा विल्ट इन इन्भाइरोमेन्ट साइन्स पढें जुन नेपालमा छैन । र यो क्षेत्रमा महिलाको संख्या कम छ । मेरो मुख्य काम भनेको कन्स्ट्रक्सन व्यवस्थापन हो, पुनर्निर्माणमा पृथक् अवधारणा र नया“ शैली निर्माण गर्नु हो ।


कन्स्ट्रक्सन भन्नेबित्तिकै पुरुषको वर्चश्व भएको क्षेत्र मानिन्छ, महिलाका लागि कत्तिको चुनौतीपूर्ण छ ?
चुनौती यहाँ मात्रै होइन हरेक क्षेत्रमा छन् । पक्कै पनि फिल्डमा पनि काम गर्नुपर्ने भएकाले बढी चुनौती छ । र पनि अहिलेको जमानामा प्रविधिले सहज बनाएको छ । चुनौतीका बाबजुद पनि यो राम्रो भएकाले क्रमशः महिला संख्या बढ्ने क्रममा छ । महिलामा जुन दूरदर्शी निर्णायक क्षमता हुन्छ त्यो कुरा यो क्षेत्रलाई चाहिएको छ ।

अबको समयमा महिला कसरी अघि बढ्नुपर्ला ?
अहिले जताततै ‘मोर्डन एड्भान्समेन्ट’ आइसक्यो । अब हामीमा भएको सोच परिवर्तन गर्दै टिम वर्कमा जानुपर्छ । शिक्षा, आत्माविश्वास, दृढता, कडा परिश्रमका साथ अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

यति आकर्षक र सुन्दर हुनुहुन्छ, भविष्यमा मोडलिङ वा मुभीमा आउने योजना छ कि छैन ?
हरेक क्षेत्र र विधाका आफ्नै विशेषता छन् । म हरेकलाई सम्मान गर्छु । मेरो परिवार शिक्षा, कला, साहित्य र चलचित्र क्षेत्रमा भएकाले यसप्रति मेरो गहिरो चासो छ । राम्रा कथावस्तु तथा सोहीअनुसार अवसर आयो र त्यहाँ मेरो उपस्थितिले कुनै अर्थ राख्छ भने नाइँ भन्दिन ।

अन्य नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?

नेपालमा धेरै अवसर छन् । यहाँ धेरै भत्किएका कुरा छन् । यी भत्किएका कुरालाई बनाउन हामी युवा दृढताका साथ एकजुट हुनुपर्छ ।

केही नयाँ योजना र पाठकका लागि सन्देश छ कि ?
कार्गोको क्षेत्रमा नयाँ काम गर्ने इच्छा छ । प्राकृतिक स्रोतले सम्पन्न हाम्रो देशले यहीँ धेरै वस्तु उत्पादन गर्न सक्छ । कन्स्ट्रक्सनका लागि आवश्यक गिट्टी–बालुवा, रड एवं छठलगायत अन्य सामग्री उत्पादन गर्ने फ्याक्ट्री बनाउने मन छ जुन अहिले पनि करोडौंको मूल्यमा बाहिरी मुलुकबाट ल्याइरहेका छौं । अर्को कुरा चलचित्रलगायत कला क्षेत्रमा पनि केही काम गर्ने योजनामा छु तर फ्रन्टमा नआइकन, ब्याकडोरमा बसेर । अहिले मन्दीले सबैतिर असर पारेको छ । तर पनि आतिनुहुँदैन । अवसर छ धैर्य गरौं । सुनौलो समय आउँछ भन्ने सन्देश दिन चाहन्छु ।


पहिरन- रोबिन परियार, रोबिन क्रियसन, शान्तिनगर
हेयर तथा मेकअप-सुनीता गुरुङ, सनसाइन हङकङ ब्युटिपार्लर, लाजिम्पाट
ज्वेलरी-सविना रावत, ट्वान्टी फस्र्ट फच्र्युनेट नयाँबानेश्वर
तस्बिर-महेशमान प्रधान

 Image