Successfully Copied

मेहेन्दीको बढ्दो माग

साउन महिना र चाडपर्वहरूमा मेहेन्दी बढी लगाइन्छ ।


कुलदीप गुप्ता (संचालक, मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टर चारखाल,डिल्लीबजार)



अहिले नेपालमा मेहेन्दीको कुन डिजाइन चलिरहेको छ ?
अहिले नेपालमा अरेबिक मेहेन्दीको डिजाइन चलिरहेको छ । दुलहीका लागि ब्राइडल, टिनएजर्सका लागि ब्ल्याक आउटलाइन र भित्र ब्राउनवाला डिजाइन चलिरहेको छ ।
मेहेन्दी प्रयोगकर्ताहरूको अवस्था कस्तो छ ?
मेरो २५ वर्षको अनुभवमा अहिले नेपालमा मेहेन्दी प्रयोगकर्ताहरूकोसंख्या ह्वात्तै बढेको छ । पहिले २५ प्रतिशतले मात्रै मेहेन्दी लगाउँथे । अहिले त विवाह, पार्टी, इद, तीज, गठिया मंगल, करवा चौथलगायतका हरेक पर्व र उत्सवमा मेहेन्दी नभइ हुँदैन । हरेक विवाहमा मेहेन्दी डे भनेर एकदिन छुट्याउने गरिन्छ ।अहिले काठमाडौंबाहिर पनि मेहेन्दी फेसनकै रूपमा छ । विदेश जानेहरूले पनि यो सीप सिकेर जान्छन् । भर्खरै हेटौंडामा करिब ५ सय जनालाई मेहेन्दी तालिम दिएर आएँ ।

मेहेन्दी कुन समयमा बढी लगाइन्छ ?
साउन महिना र चाडपर्वहरूमा बढी लगाइन्छ । त्यसैले साउन महिनामा अझ बढी मेहेन्दी लगाइन्छ ।
मुम्बई मेहेन्दीमा के–कस्ता सेवा उपलब्ध छन्?
मेहेन्दीमा अरेबिक, गोल्डेन, सिल्भर, ब्ल्याक ब्राउन, रोचेरा, इन्डो–अरेबिक मेहेन्दीलगायतका सेवा र तालिम दुवै दिइन्छ भने नेलआर्टमा थ्रिडी नेलआर्ट, जेलनेलआर्ट, एक्रेलिक नेलआर्ट, मार्बल नेलआर्ट, पोलिजेल नेलआर्ट एवं नेल एक्सटेन्सनको मास्टर क्लास प्रदान गरिँदै आएको छ । यसमा साउन ६ गतेदेखि तालिम लिनेहरूले ७ दिनको निःशुल्क कक्षा लिन सक्नेछन् । त्यसका लागि अग्रिम बुकिङ गराउनुपर्नेछ ।
यो कत्तिको महँगो छ ?
पहिले केही महँगो भए पनि अहिले हामीले सस्तो गरेका छौं । हामीले साउन ६ गतेदेखि १३ गतेसम्म स्पेशल मेहेन्दी र नेलआर्टको निःशुल्क कक्षा संचालन गर्दैछौं ।

 Image