Successfully Copied

कस्मेटिक ब्यवसायमा दीपेश

उनले सन् २०१७ देखि नेपाली बजारमा सौन्दर्यका लागि ननसजिर्कल उपकरण र क्रिमहरू भित्राइरहेका छन् । कम्पनीले लेजर हेयर रिमुभल, हाइफो, हाइड्राफेसियल मेसिन उपलब्ध गराइरहेको छ ।

कुनै बेला सौन्दर्य प्रसाधन भन्नेबित्तिकै क्रिम पाउडर भन्ने बुझिन्थ्यो । कस्मेटिकका सामान प्रयोगका लागि न चिकित्सक कहाँ पुग्ने गरिन्थ्यो न त कुनै ब्युटी उपकरण प्रयोग गर्ने अवस्था नै थियो । तर पछिल्लो समय सौन्दर्य परिभाषा बदलिँदो छ । क्रिममा सीमित भएको सौन्दर्य निखार्न अहिले उपकरणको प्रयोग हुन थालेको छ । सौन्दर्यका लागि नयाँ प्रविधिहरू नेपालमा भित्रिरहेका छन् । भारतीय कस्मेटिक सामानदेखि सौन्दर्य उपकरण नेपाली बजारमा उपलब्ध छन् । डर्मा कन्सेप्ट नेपाल प्राइभेट लिमिटेडमार्फत दीपेशजंग शाहले भारतस्थित यु डर्मा ल्याब्रोटरिजको फ्रेन्चचाइजका रूपमा कस्मेटिक सामानहरू नेपालमा फैलाइरहेका छन् । उनले सन् २०१७ देखि नेपाली बजारमा सौन्दर्यका लागि ननसजिर्कल उपकरण र क्रिमहरू भित्राइरहेका छन् । कम्पनीले लेजर हेयर रिमुभल, हाइफो, हाइड्राफेसियल मेसिन उपलब्ध गराइरहेको छ । एक कम्पनीमा एमआरका रूपमा मेडिकल क्षेत्रमा प्रवेश गरेका उनले मार्केटिङको क्षेत्रमा धेरै ज्ञान हासिल गरे । जागिर छोडेर पार्टनरसीपमा अर्को कम्पनी खोलेका उनी त्यसमा पनि सन्तुष्ट हुन सकेनन् ।

आफ्नो अनुभव र ज्ञानले आफ्नै कम्पनी खोलेर उनी कस्मेटिक व्यवसायमा लागेका हुन् । यसका लागि उनले करिब सात महिना कस्मेटिक ब्यवसायको अध्ययन गरे । राम्रो ज्ञान प्राप्त गरेपछि उनी यु डर्मा ल्याब्रोटरिजको फ्रेन्चचाइज अवधारणा विकास गरेर अगाडि बढेका हुन् । नेपाली बजारमा गुणस्तरयुक्त कस्मेटिक सामग्री भित्राउनु उनको मुख्य उद्देश्य हो । उनले प्रेसक्रिप्सन बेस प्रोडक्टलाई प्राथमिकताका साथ बजारमा फैलाइरहेका छन् । यसका साथै उनी Reveal Leasers Israel र Coll Lifting Spain को राष्ट्रिय वितरक पनि हुन् । उनी भन्छन्, ‘नेपालमा दुवै प्रकारका सामानको प्रयोग र चेतना स्तर बढ्दै गएको छ । सौन्दर्य निखार्न उपकरणहरूको प्रयोग गर्नेहरूको संख्या पनि बढेको छ । ‘कम्पनी सुरुवात गर्दा २५ देखि ३० कम्पनी थिए भने अहिले कम्पनीहरू ६० को हाराहारीमा छन् । यसले पनि चिकित्सकसँगै कम्पनी र सौन्दर्य चेतना बढ्दै गएको छ ।’ 

सुरुवाती समयमा काठमाडौंमा सीमित उनको मार्केटिङ अहिले मोफसलमा समेत पुगेको छ । क्रिमहरूको प्रयोग बढ्दो रूपमा भएपनि नन् सर्जिकल उपकरणको प्रयोग अन्य देशको तुलनामा बामे सरेको उनको भनाइ छ । नेपालीले कम रकममा बढी सेवा लिन खोज्छन् । चिनियाँ कम्पनीहरूले सस्तोमा सेवा दिइरहेका छन् । भारतीय ब्रान्डका सामानहरू नेपालमा सहज रूपमा उपलब्ध भएपनि यसका चुनौतीहरू पनि उत्तिकै छन् । खुल्ला बोर्डर भएकाले ब्रान्डका नक्कली सामानहरूदेखि कम गुणस्तरका सामानहरू भित्रिरहेकाले नेपालमा रहेका फ्रेन्चचाइजलाई प्रत्यक्ष असर पारेको उनी बताउँछन् । भारतीय बजारमा मात्र सीमित नभई भविष्यमा अन्य देशस“ग पनि सहकार्य गर्ने उनको योजना छ ।

 Image