Successfully Copied

केश किन झर्छ ?

हरेक दिन हाम्रो केश झर्छ । यो स्वाभाविकै हो । दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ ।

हरेक दिन हाम्रो केश झर्छ । यो स्वाभाविकै हो । दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ । यो समस्या बढ्दै गए कम उमेरमै तालुपना देखिन सक्छ । केश झर्ने धेरै कारण हुन सक्छन् । महिलाहरूमा महिनावारीको समयमा, थाइराइड र तनावलगायतका कारणले केश झर्छ । गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलामा पनि केश झर्ने समस्या हुन्छ । पोषकतत्वको कमी, हर्मोनल औषधिको प्रयोग वा अन्य औषधिको सेवन र विभिन्न रोगका कारण पनि यो समस्या देखिन्छ । केशको नियमित र सही किसिमले हेरचाह नगर्दा पनि केश झर्ने समस्या आउँछ । तर, औषधिको सेवनबाट यो समस्या निको हुनसक्छ । केशको हेरचार गर्ने तरिका–

- स्याम्पु गर्दा केशलाई धेरै रगड्नु हुँदैन । यसले केश बिग्रने खतरा बढ्छ । स्याम्पु गर्दा जरामा लगाएर विस्तारै मसाज गर्नुपर्छ । त्यसपछि पानीले आफै पखालिन दिनुपर्छ ।

- हरेक पटक स्याम्पु गर्दा कन्डिसनरको प्रयोग गर्नु हुँदैन । धेरै कन्डिसनरको प्रयोगले केश टुक्रिने, रुखो हुने हुन्छ ।

- दैनिक केश नुहाउनु हुँदैन । 

- स्विमिङ गर्दा पुलको केमिकलले केशलाई कडा बनाउन सक्छ । यसका लागि स्विमिङ क्यापको प्रयोग गर्नुपर्छ । स्विमिङपछि स्याम्पु लगाएर केश राम्रोसँग पखाल्नुपर्छ । 

- चिसो केशमा तौलियाले रगडेर पुछ्नु हुँदैन । यसले केश झर्न सक्छ । सकेसम्म केशलाई आफै सुक्न दिनुपर्छ । हतार भएको समयमा कम तापक्रममा हेयर ड्रायरको सहायताले सुकाउन सकिन्छ । तर धेरै प्रयोग गर्नु हुँदैन ।

- चिसो केश कोर्नु हुँदैन । सिल्की केश छ भने पूरै केश सुक्न दिएपछि मात्र ठूलो दाँत भएको काइँयोले कोर्नुपर्छ तर कर्ली वा बाङ्गो केश छ भने चिसोमा कोर्नुपर्छ ।

- केशलाई धेरै कसिलो गरी बाँध्नुहुँदैन । यसले केश झर्न, टुक्रिन सक्छ । 

- सकेसम्म केशलाई रंग्याउने, स्ट्रेट वा कर्ली गर्ने गर्नुहुँदैन । यसले केशलाई ड्यामेज गराउँछ । केश झर्ने, टुक्रिने पनि यसकै कारण हुनसक्छ । 

- बाहिर निस्कँदा क्याप वा ह्याटको प्रयोग गर्नुपर्छ ।

- केश सजाउन विभिन्न प्रकारका गह्रौं र मेटलका सजावटी सामग्रीको प्रयोगले केश बिगार्न सक्छ । 

- केश धेरै कोर्नु राम्रो हुन्छ भन्ने कुरा गलत हो, त्यसैले केश धेरै कोर्नुहुँदैन । 

- यी सबै नियमको पालना गर्दा पनि केश झर्न रोकिएन भने तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्छ । 

 

 Image