Successfully Copied

गर्मीका लागि हेयर कलरिङ टिप्स

गर्मी मौसम अनुकुल लुक्समा परिवर्तन ल्याउन हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । जाडो मौसमको तुलनामा गर्मी मौसमा अल्छी लाग्ने र पसिना आउने समस्या बढी हुन्छ । यसर्थ यस मौसममा फ्रेस देखिनको लागि हेयर कलरमा केही परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

गर्मी मौसम अनुकुल लुक्समा परिवर्तन ल्याउन हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । जाडो मौसमको तुलनामा गर्मी मौसमा अल्छी लाग्ने र पसिना आउने समस्या बढी हुन्छ । यसर्थ यस मौसममा फ्रेस देखिनको लागि हेयर कलरमा केही परिवर्तन गर्नु उपयुक्त हुन्छ । यसका लागि ओरेन्ज, बरगन्डी, रेड, गोल्डेन, कपर वा लाइट ब्राउन, ग्रे कलर जस्ता थुप्रै विकल्प उपलब्ध छन् । तर आफूलाई कस्तो कलर म्याच गर्छ त्यो भने छान्न जानु पर्छ । आफूलाई नसुहाएको वा अप्ठ्यारो जस्तो लाग्ने कलर प्रयोग नगर्नु उपयुक्त हुन्छ ।

छाला अनुरूप रंग चयन

नेचुरल कलर : धेरैले ब्राउन, रेड र बरगन्डीलाई नेचुरल कलर ठान्छन् । छालाको टोन पहेंलो छ भने गोल्ड वाब्राउनकलर प्रयोग गर्दा अनुहार बढी पहेंलो देखिन्छ ।

ब्राउन कलर : यो एउटा सेफ कलर हो । छाला कुल छ भने महोगेनी कलर र छाला वार्म छ भने एस ब्राउन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बरगन्डी : यो कलर निकै चर्चित छ । छालाको टोन ओलिभ वा एलो रंगको छ भने यो कलर छान्नुपर्छ । यो रंग गाढा छाला टोनमा सुहाउँछ ।

रेड : यो कलरका अनेकौं सेड उपलब्ध छन् । छाला धेरै गोरो छ भने कपर वा लाइट रेडप्रयोग गर्नुपर्छ, न किओरेन्ज । अलिभ छाला टोनमा ब्लु बेस रेड कलर प्रयोग गर्न सकिन्छ , जुन गाढा रातो हुन्छ । छाला रातो छ भने रेड हेयर कलर गराउनु उपयुक्तहुँदैन ।

गोल्डेन : यो रंग इन्डोएसियन छाला टोनमा पटक्कै सुहाउँदैन ।

ब्ल्याक : प्योर ब्ल्याककलर पनि त्यति राम्रो देखिँदैन । अतःब्ल्याकको साटो डार्क ब्राउनकलर प्रयोग गर्नुपर्छ ।

हाइलाइट्स–लो लाइट्स

सम्पूर्ण केशमाकलर गराउने चाहना छ भने एकपटक हाइलाइट्स वालो लाइट्समाध्यान दिनुपर्छ । हेयर कलर छाला टोन भन्दा एक वादुई सेड लाइट वा डार्क हुनुपर्छ, यसबाट केशलाई नयाँलुक्सप्राप्त हुन्छ ।

–अधिकांशयुवतीलाईनीलो, पहेंलो, बैजनी र रातो रंग सुहाउँछ । यी रंगको प्रयोगले उनीहरूमानयाँआकर्षण थपिन्छ ।

–रेड हेयर कलर ब्राइट सेड हुन्छ । त्यसैले यो कलरको प्रयोग भन्दापहिले आफ्नो छालाको टोनमाध्यान पु¥याउनुपर्छ ।

–इच्छाअनुरूप केशलाई रेडबाट ग्लोबल, सेडेड, स्टाइलिङ, स्ट्रिक्स ब्रिकवा हाइलाइट पनिगर्न सकिन्छ । त्यसो त रेड कलर गर्न छालाको टोन ध्यानमा राख्नु जरुरी हुन्छ । सामान्यतः फेयर छाला भएकामानिसलाई रेड कलर त्यति सुट गर्दैन । त्यसैले उनीहरूले मोगनी, गोल्डेन वा लाइट कलर प्रयोग गर्नुपर्छ । 

(खड्गी टुलीप ब्युटी सलुन, पिपल्स प्लाजाकी हेयर डिजाइनर हुन् ।)

 

 Image