Successfully Copied

सिमर मेकअप

राति सुत्नुअघि मेकअप लगाइएको छ भने क्लिन्जर वा नरिवलको तेलले मेकअप हटाउनुपर्छ । सकेसम्म क्रिमबेस क्लिनर प्रयोग गर्नुपर्छ । त्यसपछि फेसवासले अनुहार धोएर टोनर लगाउने । त्यसपछि स्किन हाइड्रेट तथा फेस सिरम आदि प्रयोग गर्नु उपयुक्त हुन्छ भने अन्त्यमा नाइट क्रिम लगाउनुपर्छ ।

सिमर मेकअप फेसनमा छ । तर सिमरको गलत प्रयोगले मेकअप भद्दा र नराम्रो समेत देखिन्छ । त्यसैले अनुहारको सही भागमा सही तरिकाले नै सिमरको प्रयोग गर्नुपर्छ । यदि पार्टीका लागि छिटै निखारको आवश्यकता छ भने सबैभन्दा पहिले अनुहारमा मोइस्चराइजर लगाएर केही मिनेट त्यत्तिकै छोड्ने । औंलामा थोरै सिमर पाउडर लगाएर गाला, निधारलगायत हाइलाइट पार्टमा लगाउने । बढी भएको सिमर निकाल्न ब्रसको प्रयोग गर्ने । सिमरले आफ्नो अनुहारको कमी–कमजोरीलाई देखाउन पनि सक्छ । त्यसैले अनुहारमा तिल कोठी, चायाँलगायत फाइन लाइन छ भने सिमर नलगाउँदा नै हुन्छ ।

नेचुरल लुक्सका लागि अनुहारमा बढी फाउन्डेसन वा कन्सिलर लगाउनु हुँदैन । साथै गाढा रंगको मेकअप र गाला बढी सिमर लगाउनबाट पनि जोगिनुपर्छ । मेकअप गरेपछि ओयल बेसको प्रोडक्ट लगाउनु हुँदैन । लिक्विड सिमर मेकअप प्रोडक्ट लगाउन औंलाको प्रयोग गर्नुपर्छ भने पाउडर बेस सिमरका लागि ब्रस उपयुक्त हुन्छ ।

लिप टिन्ट

लिप टिन्ट भन्नासाथ चिपचिप जेलजस्तै हुन्छ । लिप टिन्टले ओठमा लामो समयसम्म साइनिङ्ग दिन्छ र धेरै हदसम्म ओठमा नेचुरल लुक्स आउँछ । हुन त लिप टिन्ट वाटरी, मार्कर र जेल आदिमा आउँछ । लिप टिन्टलाई आइ लिडपर आइस्याडो र गालामा ब्लसको तरिकाले लगाउन सकिन्छ । धेरैजसो लिप टिन्टमा अल्कोहल हुन्छ । जसले ओठमा लगाएको केही सेकेन्डमै सेट हुन्छ । लिप टिन्टमा लिपिस्टिकको अनुपातमा सेड्सको विकल्प कम हुन्छ ।

छालाको स्याहार

सुजाता परियार, मेकअप आर्टिस्ट

हावा लाग्ने धुलो उड्ने भएकाले यतिबेला छालाको विशेष स्याहार गर्नुपर्ने हुन्छ । यतिबेला छाला सुख्खा हुने, फुट्ने, चिलाउने तथा सुन्निनेसम्मको समस्या सिर्जना हुन्छ । त्यसका लागि पर्याप्त मात्रामा पानी पिउनुका साथै छालाको विशेष स्याहार गर्नुपर्छ । नियमित रुपमा बिहान–बेलुकाको स्किन केयर रुटिन पालना गर्नु जरुरी हुन्छ । बिहान फेसवासले अनुहार धुने, त्यसपछि टोनर प्रयोग गर्ने अलि धेरै मोस्चर भएको जाडोका लागि बनेका विशेष मोइस्चराइजर लगाउने अनि सनस्किन प्रयोग गर्ने ।

त्यस्तै राति सुत्नुअघि मेकअप लगाइएको छ भने क्लिन्जर वा नरिवलको तेलले मेकअप हटाउनुपर्छ । सकेसम्म क्रिमबेस क्लिनर प्रयोग गर्नुपर्छ । त्यसपछि फेसवासले अनुहार धोएर टोनर लगाउने । त्यसपछि स्किन हाइड्रेट तथा फेस सिरम आदि प्रयोग गर्नु उपयुक्त हुन्छ भने अन्त्यमा नाइट क्रिम लगाउनुपर्छ । यसका साथै आइ क्रिम तथा लिप बाम पनि प्रयोग गर्नुपर्छ । शरीरको छालाको हेरचाहका लागि नुहाउनुअघि तेल तथा नुहाइसकेपछि मोइस्चराइजर शरीरमा दल्नुपर्छ ।

 

 Image