क्याजुअलमा सफ्ट मेकअप
यो मौसममा छाला अत्यन्तै सुख्खा हुने भएकाले प्रशस्त मात्रामा मोस्चराइजर लगाउनुपर्छ । राति सुत्नुअघि क्लिन्जिङ गरी सातामा तीन पटक नरिवलको तेलले मसाज गर्दा छाला नरम र मुलायम हुन्छ ।
साउन अर्थात् वर्षामा पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्रि फाउन्डेसन प्रयोग गर्ने । वर्षामा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्न सकिन्छ ।
म्याट लिपिस्टिक प्रयोग गर्ने, आँखामा वाटर प्रुफ मस्कारा तथा वाटर प्रुफ लाइनर प्रयोग गर्ने । मेकअप गर्दा बेसको छनोट सही हुनुपर्छ । यदि चिकबोन ठूलो भए डार्क सेट र लाइट सेट मिलाएर कटिङ गर्ने । लामो फेस छ भने चिकबोनबाट हल्का राउन्ड सेपमा लाने ।
राउन्ड सेप फेसमा हल्का चिकबोनबाट जलाइनमा लाने । लिपमा लिपिस्टिक लगाउनुअघि हल्का फाउन्डेसन लगाउने । यसले लिपिस्टिकलाई बढी टिकाउन सहयोग गर्छ । ओठको सेपअनुसार लिपलाइनरले कटिङ गर्ने, सेप मिलाउने हल्का मर्जर् गर्ने ।
वर्षा तथा साउनका लागि पिंक, पिच, रेड कलर बढी खुल्छ । वर्षामा छाला बढी मात्रामा तैलीय हुने हुँदा राति सुत्नुअघि राम्रोसँग मेकअप हटाएर सुत्नुपर्छ ।