आखाँ वरिपरिको चाउरी हटाउन ‘ब्लेफरोप्लास्टी’
आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् ।
धुम्बाराहीस्थित स्मार्ट क्याफेमा मंगलबारदेखि ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’ सुरु भएको छ । एक्सपोज नेपालले आयोजना गरेको वर्कसपको उद्घाटन काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रवा खड्गीले गरेकी थिइन् ।
कार्यक्रममा खड्गीले सौदर्य मानिसको ब्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्व बिकाश चाहनेले न्युनतम भएपनि सौदर्यको ज्ञान राख्नु पर्ने बताए ।
सुरसुधा तथा तबला बाधक सुरेन्द्र श्रेष्ठले सौदर्य सम्बन्धि अन्तराष्ट्रिय ब्युटि वर्कसपको महत्वको बिषयमा चर्चा गर्दै बेलाबेलामा आयोजना हुने वर्कसपले सौदर्य ब्यवसायिलाई आफ्नो पेसा प्रति मर्यादिन बनाउन सहयोग गर्ने बताए ।
८० ब्युटिसियनहरुको सहभागिता रहेको वर्कसप शुक्रबारसम्म चल्नेछ । वर्कसपमा भारतिय मुलकी अन्तराष्ट्रिय ब्युटिसियन पारु पटेलले बिषेश प्रशिक्षण दिनेछिन् ।
अन्तराष्ट्रिय जगतमा सौदर्य क्षेत्रमा भएको उतारचढाप जानकारी गराउने उदेश्यले वर्कसप आयोजना गरिएको एक्सपोज नेपालकी सिइयो अर्चना बस्नेतले जानकारी दिइन् । ‘बिश्व बजारमा भएका सौदर्यको बिकाश, सौदर्यमा आएका नयाँ नयाँ टेक्निक जानकारी वर्कसपमा मिल्ने छ’ बस्नेतले भनिन् ‘आधुनिक सौदर्य तिर उन्मुख हुन यस्ता वर्कसप महत्वपुर्ण हुन्छ ।’
पिस कस्मेटिक नेपाल, बायो ब्युटी, बेरिनाले सहकार्य गरेको वर्कसपको सहयोगीमा रमिता श्रेष्ठ (बिभुती ब्युटि केयर ट्रेडिङ सेन्टर), गङ्गा श्रेष्ठ (रिफ्रेस ब्युटि पार्लर, निरुपा गड्तौला (टिन क्रियटिभ) र शारदा नापित (इन्द्रेणी सिपबिकाश तालिक केन्द्र) रहेका छन् ।