गर्मीमा छालाको सुरक्षा
चिल्लो छालामा धेरै धूलो टाँसिने र अनियन्त्रित पसिना आउने हुँदा तैलीय ग्रन्थिहरू थुनिने भएकाले डन्डिफोर बढाउँछ ।

कसै–कसैलाई रंगको एलर्जी हुन्छ ।
तिहारमा धेरै थरीका रंग निधारमा पर्ने हुँदा यदि आफूलाई यो समस्या छ भने समयमै ध्यान पुर्याउनुपर्छ ।
रंगद्वारा स्किन एलर्जी हुनेहरूले सफा–सादा पानीले अनुहार धोएर स्किन बेस टोनर, मोस्चराइजर वा प्राइमर लगाइहाल्नुपर्छ ।
त्यसपछि रंगीन टीका लगाउँदा छालामा नकारात्मक असर पर्दैन र सुरक्षित रहन सकिन्छ ।
यदि यसो गर्दा पनि एलर्जी देखिएको खण्डमा बजारमा उपलब्ध कृत्रिम मल्टिकलर टीका प्रयोग गर्न सकिन्छ ।
टीकाले धेरै नै एलर्जी भएको छ भने चिकित्सकको सल्लाहअनुरूप औषधि प्रयोग गर्नुपर्छ ।