‘फाउन्डेसन’ छनोट
‘दाग–धब्बा छोप्नुका साथै अनुहारमा ग्लो ल्याउन फाउन्डेसनको प्रयोग गरिन्छ’

लिप मेकअप : लिप मेकअपमा यो वर्ष फुसिया पिंक, डार्क पर्पल, बरगन्डी, स्ट्रबेरी, ब्ल्याक करेन्ट, रेडजस्तै बोल्ड एन्ड ब्राइट कलर्स प्रयोगमा छन् । लिप मेकअपमा ग्लसको प्रयोग पनि बढेको छ ।
रेगुलर लिप मेकअप : रेगुलर लिप मेकअपका लागि पिंक, पिचजस्ता नेचुरल कलर्स प्रयोग गर्नुपर्छ । यिनले यंग तथा फ्रेस लुक प्रदान गर्छन् ।
–नेचुरल लुकका लागि लाइट कलरको वा ट्रान्सपरेन्ट लिप ग्लस प्रयोग गर्न सकिन्छ ।
–रेगुलर मेकअपका लागि ब्राइट लिपिस्टिक प्रयोग गर्ने हो भने आइमेकअप लाइट राख्नुपर्छ ।
पार्टी लिप मेकअप : रेड लिप्स पुन: ट्रेन्डमा फर्किएको छ । त्यसैले विशेष अवसरमा रातो रंगको लिपिस्टिक लगाउनु उपयुक्त हुन्छ । यो रंगको विशेषता नै ट्रेडिसनल र वेस्टर्न दुवै अवसरका पहिरनमा सुहाउनु हो ।
–आउटफिटको कन्ट्रास्ट कलरको लिपिस्टिक लगाउनु अहिलेको फेसन हो । जस्तै ओरेन्जका साथमा पिंक, ग्रिनका साथमा पर्पल आदि कम्बिनेसन ।
–पार्टी मेकअपका लागि डार्क पर्पल, स्ट्रबेरी, ब्ल्याक आदि बोल्ड कलर्स प्रयोग गर्नुपर्छ ।
–हाइ फेसन पार्टीका लागि ब्ल्याक लिपिस्टिक पनि प्रयोग गरिन्छ ।
–आइमेकअप स्मोकी राख्ने हो भने लिप मेकअप न्युड राख्नुपर्छ । यसका लागि ट्रान्सपरेन्ट लिप ग्लस प्रयोग गर्न सकिन्छ वा लाइट पिंक वा पिच कलरको लिपिस्टिक लगाउनुपर्छ ।
–विन्टर सिजनमा ओरेन्ज, पिंक तथा मरुन कलरको ग्लिटरी लिपिस्टिक प्रयोग गर्न सकिन्छ ।
–ग्ल्यामरस लुकका लागि ब्रोन्ज, डल गोल्ड आदि मेटालिक सेड्स उपयुक्त हुन्छ ।
–पार्टी मेकअपका लागि ओलिभ ग्रिन, लेमन एलो तथा लाइट पर्पल सेड्स प्रयोग गर्न सकिन्छ ।
–ग्ल्यामरस लुकका लागि टु टोन लिपिस्टिक प्रयोग गर्न सकिन्छ अर्थात् दुवै ओठमा अलग–अलग सेड वा ओठको बीच भागमा अलग कलर वा किनारमा अलग सेड लगाउन सकिन्छ ।
आइमेकअप
यसपटक आइमेकअपमा मेटालिक ग्रिन, गोल्ड, पिन्क जस्तै भाइब्रेन्ट कलर्स फेसनमा रहनेछन् । रेगुलर आइमेकअप मिनिमम रहन्छ तर आइलाइनरको प्रयोग एकदमै बढ्नेछ ।
रेगुलर आइमेकअप
–सिम्पल र फ्रेस लुकका लागि मात्र तल्लो परेलामा आइलाइनर लगाउनुपर्छ । यो लुकका साथमा सफ्ट पिंक कलरको लिपिस्टिक उपयुक्त हुन्छ ।
–दुवै परेलामा आइलाइनर लगाएर आइमेकअपले हाइलाइट गर्न सकिन्छ । यो लुकका साथमा लाइट सेडको लिपिस्टिक प्रयोग गर्नुपर्छ ।
–यसैगरी मस्कारा र गाजल पनि आफ्नो रोजाइ तथा आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ ।
–रेगुलर मेकअपका लागि ट्रान्सपरेन्ट मस्कारा समेत प्रयोग गर्न सकिन्छ ।
पार्टी आइमेकअप
–स्मोकी लुकका लागि कार्बन आइस्याडो प्रयोग गर्ने चलन फेसनमा छ । स्मोकी आइमेकअपमा लिप मेकअप नेचुरल राख्नुपर्छ ।
–ब्ल्याक आइलाइनरले आँखालाई ड्रामेटिक लुक प्रदान गर्छ । सत्तरीको यो शैली आज पनि लोकप्रिय छ विशेषत: युवतीहरूमा ।
–पेस्टल ग्रिन आइस्याडोका साथमा ग्लिटरको कम्बिनेसन पार्टी लुकका लागि उत्तत्तम विकल्प हो । यसका साथमा ब्ल्याक आइलाइनर, गाजल तथा मस्कारा प्रयोग गर्न सकिन्छ ।
–अहिले इलेक्ट्रिक सेड्सको स्मज्ड जेल आइलाइनर फेसनमा छ । यसलाई दुवै परेलामा प्रयोग गर्नुपर्छ ।
–पार्टी लुकका लागि ग्लिटर ल्यासेज प्रयोग गर्नुपर्छ । यसले नयाँ लुक प्रदान गर्छ । प्रोमिनेन्ट आइलाइनर प्रयोग गरी लामो समयसम्म फ्लिकस बनाउने चलन अहिले फेसनमा छ । यो लुक किल्योपेट्राबाट प्रभावित छ ।
–बेबी ब्लु आइलाइर पनि अहिले लोकप्रिय छ । यसबाट लामो फ्लिकस बनाएर क्युट लुक प्राप्त गर्न सकिन्छ ।
–ग्राफिक आइज पनि अहिले फेसनमा छ । यो लुकका लागि कोल लिक्विड आइलाइनरलाई बेसलिनले स्मज गरी प्रयोग गर्न सकिन्छ ।
–फेक आइल्यासेजले आइमेकअपलाई बोल्ड एन्ड ब्युटिफुल बनाउँछ । त्यसैले पार्टी मेकअप गर्दा फेक आइल्यासेज लगाउनुपर्छ ।
–आइमेकअपका लागि कालो गाजल लगाएर अपर आइलिडमा कालो आइलाइनरले विङ्ग्ड लाइनर लगाउनुपर्छ ।
बेस मेकअप
–फ्रेस लुकका लागि आफ्नो कम्प्लेक्सनसित म्याच गर्ने फाउन्डेसन लगाउनुपर्छ । डार्क सेडबाट मेच्योर देखिन सकिन्छ ।
–बेस मेकअपका लागि प्राइमर तथा त्यसपछि फाउन्डेसन प्रयोग गर्नुपर्छ । स्पट्स र डार्क सर्कललाई कन्सिलरले कभर गर्नुपर्छ ।
–त्यसपछि हाइलाइटर वा ट्रान्सलुसेन्ट पाउडर प्रयोग गर्न सकिन्छ । ब्लसर
–भरसक डार्क सेड प्रयोग गर्नुहुँदैन । यसले बढी उमेरको देखाउँछ ।
–यंग तथा फ्रेस लुकका लागि पिंक, पिचजस्ता लाइट सेडका ब्लस प्रयोग गर्नुपर्छ ।