Successfully Copied

केशलाई घामको दुस्प्रभावबाट जोगाउन

सूर्यको अल्ट्राभाइलेट किरणको हानिकारक प्रभावबाट हामी सबै जानकार छौं तर केशमा राम्रो रंग आओस् भनेर कलर लगाउनुपूर्व ब्लिच प्रयोग गरिन्छ । यसका कारण केश जब अल्ट्राभाइलेट किरणको सम्पर्कमा आउँछ तब त्यो अत्यन्त चाँडो सुख्खा हुन्छ, रूखो देखिन्छ र त्यसको सुन्दरता समेत हराउँछ ।

जब हामी घाममा निस्कन्छौं, सूर्यको हानिकारक अल्ट्राभाइलेट किरणको दुस्प्रभाव हाम्रो छालामा मात्र पर्दैन, त्यसले केशको सुन्दरतामा समेत ग्रहण लगाउने काम गर्छ । यदि केशमा कलर लगाइएको छ भने घाम केशका लागि अझ बढी हानिकारक साबित हुन्छ ।

त्यसो त सूर्यको अल्ट्राभाइलेट किरणको हानिकारक प्रभावबाट हामी सबै जानकार छौं तर केशमा राम्रो रंग आओस् भनेर कलर लगाउनुपूर्व ब्लिच प्रयोग गरिन्छ । यसका कारण केश जब अल्ट्राभाइलेट किरणको सम्पर्कमा आउँछ तब त्यो अत्यन्त चाँडो सुख्खा हुन्छ, रूखो देखिन्छ र त्यसको सुन्दरता समेत हराउँछ ।

कसरी गर्ने सुरक्षा

हट आयल ट्रिटमेन्ट :कलर्ड केशलाईसमय–समयमा हट आयल ट्रिटमेन्ट दिनुपर्छ । कारण कलर्ड केशलाई नर्मल केशभन्दा बढी मोइस्चराइजरको आवश्यकता हुन्छ । यसले केशलाई घामबाट ड्यामेज हुनबाट रोक्छ ।

 

अल्कोहल फ्रि प्रोडक्ट

हिजोआज बजारमा थुपै्र प्रकार अनि ब्राण्डका प्रोडक्ट उपलब्ध छन् जसले कलर्ड केशलाई घामको हानिकारक प्रभावबाट जोगाउँछन् । आफ्नो केशको प्रकृतिअनुसार ती उत्पादनको छनोट गर्न सकिन्छ । त्यस्ता उत्पादन अमोनिया तथा अल्कोहल फ्रि हुनुपर्छ अन्यथा फाइदा होइन हानि पुग्न सक्छ ।

 स्कार्फको प्रयोग

घाममा निस्कनुपूर्व आफ्नो केशलाई ह्याट वा स्कार्फले छोप्नुपर्छ । यसबाट केश घामको सम्पर्कमा आउन पाउँदैन र क्षतिग्रस्त हुने सम्भावना पनि कम हुन्छ ।

सही प्रसाधन छनोट

कलर्ड केशका लागि सही प्रसाधन छनोट गर्नुपर्छ । यस प्रकारको प्रसाधन कलर्ड केशको प्रकृतिअनुरूप नै तयार पारिने हुँदा तिनले कलर्ड केशलाई घामको प्रभावका साथै अन्य समस्याबाट पनि जोगाउँछन् ।

केश खुल्ला नछोडौं

घाममा केश खुल्ला राख्नुको साटो पोनिटेल वा बन बनाउनुपर्छ । यसबाट केश ड्यामेज हुने सम्भावना कम हुन्छ किनभने सम्पूर्ण केश एकसाथ घामको सम्पर्कमा आउँदैन ।

पौडी खेल्दा ध्यान दिनुपर्छ

पौडी खेल्दा सधैं राम्रो खालको सिरम प्रयोग गर्नुपर्छ । कारण जब सूर्यको हानिकारक अल्ट्राभाइलेट किरण पानीमा पर्छ तब त्यसको हानिकारक प्रभाव अझ बढ्छ ।

स्टाइलिङमा सजगता

हेयर स्टाइलिङ उत्पादन प्रयोग गरी घाममा निस्कनु ठीक होइन । त्यसले केशलाई नराम्रोसँग नोक्सान पुर्‍याउँछ ।

 Image