नङको सौन्दर्य
‘राइनस्टोन’ र ‘जेल ग्लिटर अम्ब्रे नेल डिजाइन’ अहिले चल्तीमा छ । धेरै युवतीको रोजाइमा पर्ने यो डिजाइनमा ‘ग्लिटर’को प्रयोग गरिन्छ । यो डिजाइन निकै आकर्षक देखिन्छ ।
गर्मीमा पसिना धेरै आउने भएकाले बढी सौन्दर्य सामग्री प्रयोग गर्नु हुँदैन। शृंगार हल्का मात्र गर्नुपर्छ ।
गर्मीमा फाउन्डेसनभन्दा पनि घामबाट जोगिने सनस्किन प्रयोग गर्नुपर्छ ।
छालाको प्रकृतिअनुसार सनस्किन तथा मोस्चराइजर प्रयोग गर्नुपर्छ ।
गर्मीमा पसिना धेरै आउने भएकाले हल्का आइस्याडो लगाउनुपर्छ ।
हल्का रंग (गुलाबी, मरुन) का लिपिस्टिक तथा लिप ग्लस लगाउन सकिन्छ ।