Successfully Copied

डस्की छालाका लागि मेकअप

डस्की छालामा पनि घामको प्रभाव पर्छ । अत: सूर्यको हानिकारक किरणबाट छालालाई जोगाउन २५+एसपीएफयुक्त सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसबाट छाला ड्यामेज हुने डर हुँदैन भने भद्दासमेत देखिँदैन ।

फाउन्डेसनबाट फेयरनेस

-    डस्की छाला भएकाहरूको निधारको रंग गालाको भन्दा केही बढी गाढा हुन्छ । अत: फाउन्डेसन लगाउँदा स्किनटोन एक समान देखिन्छ ।

-    डस्की स्किनटोन भएका महिलाले फाउन्डेसन छनोट गर्दा सावधानी अपनाउनुपर्छ, कारण

यस्तो टोनमा फाउन्डेसनको लाइट सेड पनि राम्रोसँग देखिन्छ ।

-    राम्रो परिणामका लागि डिप एलो वा रिच गोल्डेन टोन भएको फाउन्डेसन प्रयोग गर्नुपर्छ ।

-    डस्की छालालाई फेयर इफेक्ट दिन फेस पाउडर समेत प्रयोग गर्न सकिन्छ ।

आइमेकअपका लागि परफेक्ट सेड

*दिउँसो कुनै समारोहको आइमेकअपका लागि वार्म ब्राउन, चकलेट, सिल्भर ब्रन्ज, ग्रिन आदि सेड छनोट गर्नुपर्छ । यी सेड्स डस्की छालाका लागि परफेक्ट हुन्छन् ।

*नाइट पार्टीका लागि गोल्डेन वा मेटालिक सेड्स जस्तै कपर, बर्गन्डी, पर्पल आइस्याडो प्रयोग गर्नुपर्छ । यी सेड्स डस्की छाला सुहाउँदा हुन्छन् ।

* आइमेकअपलाई आकर्षक इफेक्ट दिन आइस्याडोको दुई सेड्स प्रयोग गर्नुपर्छ । जस्तै इनर आइलिडमा लाइट तथा आउटर आइलिडमा डार्क सेड लगाउने ।

*    कलरफुल आइमेकअपबाट जोगिनेहो भने स्मोकी आइमेकअप उत्तम विकल्प हो । डस्की छालामा स्मोकी आइमेकअप सुन्दर देखिन्छ ।

उपयुक्त लिप कलर

*    लिप मेकअपका लागि डार्कको साटो लिपिस्टिकको न्युड सेडलाई प्राथमिकता दिनुपर्छ ।

*    प्राकृतिक लुकका लागि ब्राउन, चकलेट, रेडजस्ता रंग छनोट गर्नुपर्छ ।

*    नाइट पार्टीमा प्लम, वाइन वा डिप रेड कलरको लिपिस्टिक लगाउन सकिन्छ ।

*    डस्की छाला भएकाहरूले लिप कलरमा पिंक, ओरेन्जजस्ता सेड प्रयोग गर्नु हुँदैन ।

गालालाई हाइलाइट

*    चिकबोनलाई हाइलाइट गर्न वार्म कफी तथा ब्रिक्स सेडका ब्लसर लगाउनुपर्छ । यो डस्की छालामा बढी सुहाउँछ ।

*    फाउन्डेसनका रूपमा ब्लसरको अर्को कोट पनि लगाउने गल्ती गर्नुहुँदैन । यसले लुकलाई बिगार्न सक्छ ।

सन प्रोटेक्सन

डस्की छालामा पनि घामको प्रभाव पर्छ । अत: सूर्यको हानिकारक किरणबाट छालालाई जोगाउन २५+एसपीएफयुक्त सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसबाट छाला ड्यामेज हुने डर हुँदैन भने

भद्दासमेत देखिँदैन ।

 Image