ग्लिसिरिनको प्रयोग
छालाको हेरचाहका लागि धेरै पहिलेदेखि नै ग्लिसिरिनको प्रयोग प्रचलनमा छ । यसमा ‘मोस्चराइजर’ र ‘ह्युमिकटेट’ गुण हुन्छ । यसले छालालाई मूलायम बनाइराख्छ र छालालाई भित्रैबाट ‘हाइड्रेट’ गर्छ ।

समीक्षाको अनुहार थोरै हार्ट सेपको छ । आँखा सानो भएकाले आउट कर्नरमा ब्ल्याक एन्ड मिडिल र इनर कर्नरमा सिल्भर कलर आइस्याडो लगाइएको छ ।
आइलाइनर अगाडि पातलो र आउट कर्नर मोटो छ । जाडो मौसममा ज्याकेट, कोट आदि लगाइने हुँदा बोल्ड लुक उपयुक्त हुन्छ जसका लागि न्युड लिपिस्टिक लगाइदिनुका साथै केश कर्ल गरिएको छ ।
समीक्षाको जस्तो अनुहारका लागि केश स्ट्रेटभन्दा कर्ल नै उपयुक्त हुन्छ । समीक्षाको अनुहार हर्ट सेपको भएकाले अनुहारलाई कन्टोरिङ गरेर ओभल सेप बनाइएको छ ।
चिक बोनलाई ग्ल्यामर ग्लो साइनिङ पाउडरले हाइलाइट गरिएको छ भने केश कर्ल गरेर बोन्च लुक दिइएको छ ।
मेकअप तथा हेयर स्टाइल : पूनम श्रेष्ठ, पूनम ब्युटी क्लब,
सानेपा हाइट, खरिबोट
मोडल : समीक्षा पोखरेल, तस्बिर : नवराज वाग्ले
संयोजन : सिर्जना दुवाल श्रेष्ठ