आखाँ वरिपरिको चाउरी हटाउन ‘ब्लेफरोप्लास्टी’
आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् ।
- जाडो मौसममा आगो वा हिटर ताप्दा आँखा इरिटेट तथा सुख्खा हुन सक्छ । त्यसैले टाढै बसेर हिटर ताप्नुपर्छ । हिटरमाथि पानीको भाँडा राख्दा त्यसबाट धुँवा निस्कँदैन ।
- चिसो तथा सुख्खा हुने भएकाले आँखा चिलाउने, रातो हुने जस्ता समस्या सिर्जना हुनसक्छन् । यसका लागि आँखा रोग विशेषज्ञको सल्लाहमा आई ड्रप प्रयोग गर्नुपर्छ ।
- अहिले जताततै धूवाँ र धूलो हुने भएकाले पनि आँखा चिलाउने तथा आँखाको एलर्जी देखापर्न सक्छ ।
- धूँवा, धूलोमा निस्कनुअघि तथा घामबाट जोगिन युभि प्रोटेक्सनयुक्त सनग्लास लगाउन सकिन्छ ।