‘फाउन्डेसन’ छनोट
‘दाग–धब्बा छोप्नुका साथै अनुहारमा ग्लो ल्याउन फाउन्डेसनको प्रयोग गरिन्छ’

डेन्ड्रफ
- जाडो मौसममा चायाँ पर्ने समस्याले निकै सताउँछ । त्यसैले एन्टी डेन्ड्रफ स्याम्पुले नै केश धुनुपर्छ । स्याम्पुलाई ५ मिनेटसम्म केशमा राखेपछि सादा पानीले राम्रोसँग पखाल्नुपर्छ ।
- केश सुकाउन ब्लोअर प्रयोग गर्नु ठीक होइन ।
- जाडोमा केशलाई चमकहीन हुनबाट जोगाउन सधैं छोपेर राख्नु राम्रो हुन्छ । केशलाई चिसो हावाबाट जोगाउनुपर्छ । चिसो हावाले केशको नरमपनमा नकारात्मक प्रभाव पार्छ ।
- तातोपानीले नुहाउँदा केश सुख्खा हुन्छ ।
- चिसो मौसममा केशलाई स्वस्थ एवं शरीरमा पानीको स्तर सन्तुलित राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
हातखुट्टा
- तातोपानीले छाला सुख्खा बनाउँछ भने छालाको प्राकृतिक नरमपन समाप्त गर्छ । त्यसैले सादा पानीले हातखुट्टा धुनुपर्छ ।
- साबुनको प्रयोगले छाला तुरुन्तै सुख्खा हुन्छ । अत: हल्का वा सन्तुलित साबुन प्रयोग गर्नुपर्छ ।
- छालाको पानी विस्तारै थपथपाएर पुछ्नुपर्छ ।
- छालाको नरमपन कायम राख्न त्यसमा लोसन वा ग्लिसरिन प्रयोग गर्न सकिन्छ । भान्सा, बाथरुम वा अरु कुनै काम गरेपछि छालालाई मोइस्चराइज गर्नुपर्छ । राति सुत्नुपूर्व खुट्टामा मोइस्चराइजर लगाउनुपर्छ ।
- मौसम जस्तो भए पनि पानी शरीरका लागि अत्यावश्यक हुन्छ । जाडोमा तुलनात्मक रूपले तिर्खा कम लाग्छ तर छालाको नरमपन कायम राख्न शरीरमा पानीको उचित मात्रा कायम रहनु जरुरी हुन्छ ।
- चिसोबाट जोगिन न्याना पहिरन प्रयोग गर्नुुपर्छ भने हिटरबाट सकेसम्म टाढै रहनुपर्छ, कारण यसले छाला सुख्खा बनाउँछ । हिटर प्रयोग गर्नुपरे उचित दूरीमा राख्नुपर्छ ।
सुख्खा ओठ
ओठमा एक्सफोलिएटिभ क्रिम प्रयोग गर्नुपर्छ । त्यसका लागि सेतो पेट्रोलियम जेली पनि उपयुक्त हुन्छ । ओठलाई पानीले भिजाएपछि पेट्रोलियम जेलीको प्रयोग बढी प्रभावकारी हुन्छ ।
सनवर्नको खतरा
- तापमान घटेसँगै महिलाहरू खुल्ला रूपमा घामको आनन्द लिन उत्सुक हुन्छन् । यसबाट सूर्यको अल्ट्राभोइलेट किरणको प्रभाव सोझै छालामा पर्छ र छालामा दाग बस्नुका साथै सनवर्न हुन सक्छ । त्यसैले घामको आनन्द लिनु आधा घन्टाअघि कम्तीमा ३०–५० एसपीएफ भएको सनब्लक प्रयोग गर्नुपर्छ । प्रत्येक ३ घन्टामा यसको पुन: प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- यदि आँखाको चारैतिर सुख्खापन छ भने छालालाई क्लिन्जरले सफा गर्नुपर्छ र छालाको नरमपन कायम राख्नुपर्छ ।
नङको हेरचाह
तातोपानी प्रयोग गरी हातखुट्टा धुँदा त्यसको असर नङमा पनि पर्छ । त्यसैले सातामा एकपटक नङमा क्युटिकल तेल प्रयोग गरी मालिस गर्नु उपयुक्त हुन्छ । यसले नङ सुख्खा हुन दिँदैन । यसैगरी नङको छाला तथा नङमा पनि नियमित मोइस्चराइजर प्रयोग गर्नुपर्छ । नेल हार्डनरको प्रयोगले नङ बलिया हुन्छन् ।