Successfully Copied

मेकअप कम्पिटिसन

जुम व्युटी एकेडेमीद्वारा आयोजित नेपाल मेकअप कम्पिटिसन–२०१७ गत शनिबार क्लब डेजाभूमा सम्पन्न भयो । ४ वटा अडिसनवाट छानिएका ३६ जना मेकअप आट्स्टिहरुले ३६ जना आ आफ्ना मोडललाई २ वटा क्रियटीभ र ब्राइडल थिममा मेकअप गराइ र्‍याम्पमा उतारेका थिए ।

पहिलो सिक्वेन्समा हलोवीन, मरमेड, महाकाली, कुमारी, मयूर, प्रकृती, राष्ट्रियता, अनुहारमा एसिड लागेको, घरेलु हिंसा, मृत्यू, विरालो, बाघ, चितुवा आदि थिममा मेकअप गरेका थिए भने स्टेजमा त्यही हाउभाउमा मोडल उत्रिएका थिए । सो प्रतियोगितामा मेकअप आर्टिस्ट समिरा देउला विजयी भइन् भने गुडी जोशी फस्ट रनर अप र रश्मि श्रेष्ठ सेकेन्ड रनर अप भए ।

प्रतियोगितामा बेस्ट क्रियटिभ मेकअप अस्मिता थापा, युनिक मेकअप गेडी जोशी, बेस्ट एक्टिभ कलर कामिनी शाह, बेस्ट परफोमेन्स समिरा देउला, डिसिप्लेन अटल मगर, बेस्ट ब्राइड अस्मिता थापा , फेसबुक पपुलर मेकअप आर्टिस्ट सरस्वती तामाङ, ट्योलेन्ट मेकअप आर्टिस्ट समिरा देउलाले प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकको रुपमा डा. नवल पजिरायर, डिबी गुरुङ्ग, सिर्जना दुवाल श्रेष्ठ तथा जुनु चक्रधर थिए ।

१ हप्ताको मेकअप, ग्रुमिंगको कक्षावाट तयार भएका यी मेकअप आर्टिस्ट र मोडललाई कोरियोग्राफी मीस नेपाल २००० उषा खड्गीले गरेकी थिइन् ।  

 Image