केशको प्राकृतिक उपचार
बदलिँदो मौसम र खराब जीवनशैलीले हाम्रो केशमा नकारात्मक असर देखिन थालेको छ । केश रुखो र अस्वस्थ देखिनु नकारात्मक असर हो । यसबाट छुटकारा पाउन सही खानपान र केशको हेरचाहमा ध्यान दिन आवश्यक छ ।
मेहन्दीले सुन्दर देखाउने मात्र होइन संस्कारको समेत प्रतिनिधित्व गर्छ । महिलाहरू साउन महिनामा मेहन्दी लगाउँछन् । तीजमा पनि मेहन्दी लगाउनैपर्छ भन्ने चलन सुरु भएको छ । तीजमा महिलाहरू श्रीमान्को दीर्घायुका लागि व्रत बसेजस्तै मेहन्दी लगाउनुमा पनि यसको रंगजस्तै प्रगाढ र दीर्घ सम्बन्ध होस् भन्ने अर्थ लुकेको हुन्छ भन्ने भनाइ रहिआएको छ ।
मेहन्दी लगाएको हातमा राता–पहेंला चुराले सुनमा सुगन्ध थप्छ । यो वर्ष हत्केलाभरी भन्दा पनि निश्चित भागमा कुनै विशेष अर्थ दिने बुट्टा फेसनमा छ । यस्तो मेहन्दी डिजाइन एलिगेन्ट्स अनि आकर्षक पनि देखिन्छ ।
ओमप्रकाश शर्मा
न्यू मुम्बई मेहन्दी