‘के हो फेसियल रिकन्स्ट्रक्सन’
यसमा पूर्णरूपमा कम्प्युटर प्रविधिको प्रयोग गरी व्यक्तिअनुकूल डिजाइन तथा ‘थ्री–डी प्रिन्टिङ टेक्नोलोजी’द्वारा दुरुस्तै मिल्ने गरी मुख तथा अनुहारको ढाँचा निर्माण गर्ने काम गरिन्छ ।

गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमाएलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । छालालाई सुख्खामौसमको कुप्रभावबाट जोगाउनविभिन्नक्रिम, साबुनतथा जेल प्रयोग गरिन्छ । गलतऔषधिको प्रयोगका साथै विभिन्नक्रिम, साबुन, जनावरमाहुने कीटाणु, रंग आदिका कारण पनिएलर्जी हुनसक्छ । यसले गर्दा रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने तथाखोकीलाग्ने हुनसक्छ । यस्ता समस्याबाट जोगिन धूलो–धूवाँबाट टाढै रहनुपर्छ ।
अहिले जतासुकै बाटो खनिएको हुँदाजताततै धूलैधूलो छ । यस्तो अवस्थामाबाहिर हिँडडुल गर्दा सबै शरीर छोप्नुपर्छ भने मास्कतथा चस्मा पनि लगाउनुपर्छ । सुख्खामौसम भएकाले प्रशस्तपानी पिउनुपर्छ । बाहिर गएर आएपछि अनुहार तथाहातखुट्टा राम्रोसँग धुनुपर्छ । कतिपयलाई घामले एलर्जी हुन्छ । एलर्जीभएको ठाउँमा कन्याउनुहुँदैन । लामो समयसम्मनिको नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।