सरल मेकअप
मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन ।

जानु आले, ब्युटिसियन
आधुनिक युवाहरूमा नयाँ–नयाँ हेयर स्टाइल बनाउने चाहना पाइन्छ । यसबाट उनीहरू परिवर्तनशील देखिन चाहन्छन् । टिभी च्यानल, चलचित्र तथा युट्युब आदिलाई पछ्याउँदै आफूलाई पृथक देखाउन चाहने युवा समूह बढ्दो क्रममा भएकाले अहिलेको हेयर फेसन पनि तीव्र गतिमा फस्टाउन थालेको छ ।
मल्टी कलरको प्रयोगले केशलाई नयाँ लुक दिन सहयोग गर्छ ।
जसअनुसार हेयर हाइलाइट वा हनी ब्लन्ड, क्यामेल हाइलाइट गरेर आकर्षक देखिन सकिन्छ । केशलाई ड्रेड लक गरेर पनि न्यू लुक प्राप्त गर्न सकिन्छ । सिंगल वा डबल पिस ड्रेड लक एक्सटेन्सन प्रयोग गरेर पनि भिन्न तथा फेसनेबल लुक्स देखिन्छ । आफूलाई टिपिकल भन्दा क्याजुअल लुक्समै रुचाउनेहरूका लागि ड्रेड लक पनि उपयुक्त हुन्छ । फिचरर्ड हेयर, लेयर हेयर, बब हेयर स्टाइलले पनि टिनएजरलाई भिन्न तथा सुन्दर देखाउँछ । अहिले धेरै हेयर स्टाइल फेसनमा भए पनि नेपाली युवाहरूमाझ क्राउन ब्रेड, फ्रेन्च ब्रेड, हेयर ब्यान्ड ब्रेडजस्ता विभिन्न किसिमका ब्रेड लोकप्रिय छन् ।
साइड पोनी टेल्स, हाई पोनी टेल्स पनि चलेका स्टाइल हुन् । टिनएजरहरूले विभिन्न प्रकारका बन पनि बनाउँछन् । मेसी बनले टिनएजरहरूलाई विशेष देखाउँछ भने दुनोट बन, हाइलाइट पोनिटेल विथ पफ हेयर स्टाइल पनि राम्रो देखिन्छ । फिंगर वेभ, वेभी हेयर स्टाइल, रफ हेयर स्टाइलले पनि टिनएजरहरूलाई छिटो–छरितो एवं सुन्दर देखिन सहयोग गर्छ ।
हेयर केयर