Successfully Copied

दुलही बन्नुअघिको ब्युटी रुटिन

आफ्नो सपनाको राजकुमारसँग च्याटिङ र लव टक गर्दै अबेर रातिसम्म जागा रहनु दुलही हुन लागेकी नवयुवतीको दैनिकीको सुन्दर एवं रोमान्टिक क्षण हुनसक्छ तर यसको साइड इफेक्ट पनि कम हुँदैन ।

आफ्नो सपनाको राजकुमारसँग च्याटिङ र लव टक गर्दै अबेर रातिसम्म जागा रहनु दुलही हुन लागेकी नवयुवतीको दैनिकीको सुन्दर एवं रोमान्टिक क्षण हुनसक्छ तर यसको साइड इफेक्ट पनि कम हुँदैन । त्यसले स्वास्थ्य एवं सौन्दर्यमा र्‍हास ल्याउँछ । अत: आफ्नो निद्रा खल्बलिने कुनै पनि कार्य गर्नु हुँदैन । आँखाको डिल सुन्निन नदिई सुन्दरता कायम राख्ने जिम्मेवारी आफ्नै हातमा हुन्छ । 

राम्रो कम्पनीको आइ अवेकिङ क्रिम लगाउनुपर्छ । यो ट्युब रोलर बलमा उपलब्ध हुन्छ । यसबाट आँखामुनिको छाला स्वस्थ रहन्छ । फ्रिजरमा राखिएको चिसो स्टिलको चम्चालाई आँखामा दुई–तीन पटक राख्नुपर्छ । यसबाट आँखाको थकान हट्छ र ताजापन महसुस हुन्छ । फ्रिजरमा राखिएको गुलाबजललाई कपासको डल्लोमा भिजाएर आँखामा राख्नुपर्छ । काँक्रा वा आलुको स्लाइसलाई आँखामाथि राख्नु पनि लाभदायक हुन्छ । यो उपाय नियमित अवलम्वन गरे आँखा सुन्निन कम हुन्छ ।

एन्टिअक्सिडेन्टको डोज 

एन्टिअक्सिडेन्ट एउटा त्यस्तो तत्व हो जसलाई पोषक तत्वका रूपमा लिइन्छ । केश तथा छालाको चमकमा यसको महत्वपूर्ण भूमिका हुन्छ । हिजोआज हर्बल क्रिममा भिटामिन सी, इ वा ग्रिन टी एक्सट्रेक्ट पाइन्छ । यसले छालाबाट फ्रि रेडिकल्स निकाल्नुका साथै छालाको रंग एकनासको बनाउन सघाउँछ । 

बदाम, हरियो सागपात, फलफूलजस्ता एन्टिअक्सिडेन्टयुक्त खाना खानुपर्छ । ग्रिन टी पिउनुपर्छ । मनतातो पानीमा मह मिसाएर प्रत्येक बिहान पिउनुपर्छ । मह एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले यसलाई आफ्नो रुटिन डाइटमा समावेश गर्नुपर्छ । टमाटरको गुदीमा पनि एन्टिअक्सिडेन्ट पाइन्छ । अनुहारमा गोलभेंडाको गुदी प्रयोग गरे अनुहारको चमक कायम रहन्छ । मेवामा उपलब्ध पेक्टिन छालाका लागि लाभदायक हुन्छ । यसले मृतकोष सफा गरी नयाँ कोषिका निर्माण गर्छ । अनारको रस पिउनुपर्छ । यसमा पनि एन्टिअक्सिडेन्ट पाइन्छ । एक महिनासम्म अनार सेवन गरे अनुहारको गुलाबी आभा फर्कन्छ । बजारमा अनारबाट तयार भएको हर्बल क्रिम पनि उपलब्ध छ ।

सनस्क्रिन सेफ्टी 

विवाहको सपिङ लिस्ट धेरै लामो हुन्छ । सपिङ पूर्णरूपमा सम्पन्न भैसक्दासम्म घामको प्रभाव पनि अनुहारमा देखिन थालिसकेको हुन्छ । सपिङ प्रारम्भ गर्न घरबाट बाहिर जानुभन्दा कम्तीमा २० मिनेटपूर्व गुणस्तरीय एसपीएफ ३० युक्त सनस्किन प्रयोग गर्नुपर्छ । यसको प्रयोग शरीरको खुल्ला अंग तथा अनुहारमा गर्नुपर्छ । सनस्क्रिनको प्रयोगबाट छाला सुरक्षित, नरम एवं चम्किलो देखिन्छ । 

घामबाट फर्किएपछि एन्टी ट्यान प्याक प्रयोग गर्नुपर्छ । यसका लागि सफा अनुहारमा सादा दही वा ताजा एलोबेरा जेल प्रयोग गर्न सकिन्छ ।

मुलतानी माटोलाई दहीमा मिसाएर तयार पारिएको प्याक पनि प्रभावकारी हुन्छ । यसबाट बदलिँदो मौसमका कारण अनुहारमा देखिने र्‍यासेजको समस्या समाधान हुन्छ । गुलाबजल वा एलोबेरा वाटर फ्रिजमा राख्नुपर्छ । बाहिरबाट घर फर्कदा आफ्नो खुल्ला अंगलाई सफा गरी स्प्रे गर्नुपर्छ । यसबाट घामका कारण प्रभावित छालालाई शीतलता प्राप्त हुन्छ र र्‍यासेजको समस्या उत्पन्न पाउँदैन । 

 Image