जाडोमा छालाको स्याहार
जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा विभिन्न समस्या देखिन सक्छन् । खासगरी छाला सुख्खा र रुखो हुन्छ । सुख्खा छाला भएपछि चिलाउँछ । चाउरीपनाको समस्या पनि बढ्न सक्छ ।

नामअनुसार नै यो मेकअपलाई अनुहारको दोष लुकाउन र राम्रो फिचर्सलाई हाइलाइट गर्न गरिन्छ । यसमा स्याडो र सेड्सबाट इलुजन क्रिएट गरिन्छ । यसबाट भरिएको र मोटो गालालाई सार्प चिक्स, सानो आँखालाई ठूलो र गोलाकार अनुहारलाई अण्डाकार इफेक्ट दिन सकिन्छ । यो मेकअपले दुलहीलाई कन्फिडेन्ट प्रदान गर्छ ।
दुलहीको परम्परागत मेकअप लामो समयदेखि प्रचलनमा छ तर यसपटक भने एयरब्रस, मेकअप, मेटालिक आइज र करेक्टिभ मेकअपमा केही प्रयोग गरिएको पाइन्छ । अहिले हेयर स्टाइलमा पनि धेरै परिवर्तन आएको छ । लेयर्ड बन र आकर्षक ब्रेड्स ब्राइडल लुकको विशेष अंश बन्न पुगेको छ ।
एयरब्रस मेकअप
यो आधुनिक स्टाइल यतिबेला निकै लोकप्रिय छ । फ्ललेस मेकअपका लागि एयरब्रस मेकअपभन्दा राम्रो केही हुँदैन तर यसलाई विशेष अनुभवीबाटै गराउनुपर्छ । यसमा स्पन्ज र ब्रस प्रयोग हुँदैन । यसमा एयर गन मेसिनबाट छालामाथि बेस/फाउन्डेसन स्प्रे गरिन्छ । यसले छालालाई मेट फिनिस लुक प्रदान गर्छ ।
करेक्टिभ मेकअप
नामअनुसार नै यो मेकअपलाई अनुहारको दोष लुकाउन र राम्रो फिचर्सलाई हाइलाइट गर्न गरिन्छ । यसमा स्याडो र सेड्सबाट इलुजन क्रिएट गरिन्छ । यसबाट भरिएको र मोटो गालालाई सार्प चिक्स, सानो आँखालाई ठूलो र गोलाकार अनुहारलाई अण्डाकार इफेक्ट दिन सकिन्छ । यो मेकअपले दुलहीलाई कन्फिडेन्ट प्रदान गर्छ ।
मेटालिक आइज
अहिले आइलिडमा गोल्ड र ग्रिन मेटालिक स्याडोको प्रयोग निकै रुचाइएको पाइन्छ । डिप एमरल्ड लाइनरले आँखालाई बढी फोकस गर्छ । यसका साथमा ब्राउन लिपिस्टिकले लुकलाई पूर्णता प्रदान गर्छ । हल्का गुलाबी मौसममा मेटालिक कलर्स धेरै राम्रो देखिन्छ ।
टिन्ट गोल्ड हाइलाइट चिक्स
दुलहीको गालामा उभार ल्याउन एवं आकर्षक देखाउन टिन्ट गोल्ड हाइलाइटर खुबै प्रयोग भएको पाइन्छ । यसले रोयल लुक प्रदान गर्छ ।
सिल्भर डस्टेड आइज
आइलिडमा सिल्भर टचले पनि शाही लुक प्रदान गर्छ । यसका साथमा ब्लसम पिंक लिपिस्टिक तथा लेयर्ड बन परफेक्ट हुन्छ ।
सियर लुक
सियर लुकका लागि सियरबेस, स्मोकी आइज, गाढा गाजल तथा मेटरेड कार्पेट लिपिस्टिक दुलहीका लागि उपयुक्त हुन्छ ।
हेयर एसेसरिज
सिक र आई क्याचिङ हेयर एसेसरिज अहिले फेसनमा छन् । दुलहीको केश सजाउन अर्किड पिओनिज, गुलाब तथा जस्मिन आदि ताजा फूल प्रयोग गरिन्छ । फ्लावर प्रयोग गर्न नरुचाउनेका लागि हेयर एसेसरिजका रूपमा स्वारोस्की, क्रिस्टल, ज्युल्ड क्लिप्स आदि विकल्प उपलब्ध छन् ।