संकटमा सौन्दर्य व्यवसाय
मास्क लगाउनु, सेनिटाइजर प्रयोग गर्नु र सामाजिक दूरी कायम गर्नु कोरोना भाइरसबाट बच्ने मुख्य सुरक्षाका उपाय हुन् ।

सुन्दरताले महिलाहरूलाई एकातिर अरूको नजरमा प्रशंसाको पात्र बनाउँछ भने अर्कातिर उनीहरूलाई आत्मविश्वास पनि प्रदान गर्छ । महिलाहरू आफ्नो सौन्दर्यमा निखार ल्याउन घरेलु उपायहरूका साथै लेटेस्ट ब्युटी प्रोडक्ट्स पनि अँगाल्छन् । कतिपय महिला आफ्नो सुन्दरताप्रति सजग हुन्छन् भने कतिपय लापरबाह हुन्छन् । निम्न प्रश्नको उत्तर दिएर आफ्नो सुन्दरताप्रतिको सजगताका बारेमा जान्न सकिन्छ ।
१. तपाईंलाई देख्दैमा अरूले के भन्छन् ?
(क) तपाईंको छाला हेरेर तपाईंको उमेरबारे थाहा पाउन सकिँदैन,
(ख) तपाईं कुन उमेर समूहको क्रिम प्रयोग गर्नुहुन्छ ?
(ग) तपाईं आफ्नो छालाका लागि किन केही गर्नुहुन्न ?
२. एक दिन तपाईं उठ्दा मुहारमा चाउरी देख्दा...
(क) अत्तालिएर तुरुन्तै उपचार गराउने निर्णय गर्नुहुन्छ,
(ख) जब समय प्राप्त हुन्छ, घरेलु उपाय अँगाल्नुहुन्छ,
(ग) यो त उमेरसँगै आउने कुरा हो भन्ने सोचेर निश्चिन्त रहनुहुन्छ ।
३. घरबाहिर निस्कदा.....
(क) सनस्क्रिन लगाउनुहुन्छ,
(ख) सम्झना आए लगाउनुहुन्छ,
(ग) ‘यसबाट के नै हुन्छ ?’ र भन्ने सोच्नुहुन्छ ।
४. टेलिभिजनमा नयाँ सौन्दर्य उत्पादनको विज्ञापन देखेपछि...
(क) खरिद गर्नुपूर्व ब्युटी एक्सपर्टसित परामर्श लिनुहुन्छ,
(ख) खरिद गर्ने निर्णय लिनुहुन्छ ।
(ग) यो सबै बेकारको प्रचार–प्रसार हो भन्ने सोचेर च्यानल बदल्नुहुन्छ ।
५. तपाईंको विचारमा सुन्दरता....
(क) टोटल फिटनेस हो,
(ख) मात्र बाहिरी सुन्दरता हो,
(ग) जे हुन्छ ठीक हुन्छ ।
६. तपाईंलाई आफ्नो साथीको पार्टीमा जानु छ भने...
(क) राम्रोसँग तयार भएर जानुहुन्छ,
(ख) राम्ररी तयार हुने प्रयास गर्नुहुन्छ,
(ग) जसोतसो तयार भएर पुग्नुहुन्छ ।
७. तपाईंको छालामा एलर्जी भएमा...
(क) तुरुन्तै चिकित्सककहाँ जानुहुन्छ,
(ख) घरेलु उपचार गर्नुहुन्छ,
(ग) समय छैन भनेर वास्ता गर्नुहुन्न ।
८. तपाईं बजारमा उपलब्ध सौन्दर्य प्रसाधनका बारेमा कति जानकारी राख्नुहुन्छ ?
(क) पूर्णरूपमा जानकारी छ ।
(ख) धेरथोर छ ।
(ग) ती कुरासित के नै लिनुदिनु छ र ?
९. आफ्नो सुन्दरता निखार्न तपाईंं...
(क) नयाँ–नयाँ रिसर्चका बारेमा जानकारी लिनुहुन्छ,
(ख) टेलिभिजन विज्ञापनमा निर्भर रहनुहुन्छ,
(ग) स्वयं नै परीक्षण गर्नुहुन्छ ।
१०. कुनै सुन्दरी अभिनेतृलाई देख्दा तपाईं...
(क) उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ,
(ख) उनको प्रशंसा गर्नुहुन्छ,
(ग) उनीसित ईष्र्या गर्नुहुन्छ ।
११. तपाईंलाई लेटेस्ट फेसन ट्रेन्डका बारेमा जानकारी....
(क) पूर्णरूपमा छ,
(ख) धेरथोर छ,
(ग) विवाह भैसकेको छ, फेसनसित केही लिनदिनु छैन ।
आफ्ना लागि सही विकल्प छनोट गर्नुहोस्, उत्तर ‘क’ हो भने स्वयंका लागि १० अंक, ‘ख’ हो भने ५ अंक र ‘ग’ हो भने शून्य अंक दिनुहोस् । तपाईंको उत्तरको जोड संख्या ७०–८० का बीच छ भने तपाईं सुन्दरताप्रति जागरुक महिला हुनुहुन्छ । तपाईं स्वयं ब्युटी र फेसनका पूर्णरूपमा अपडेट रहनुहुन्छ । तपाईंको यही जागरुकताले तपाईंलाई अरूभन्दा अलग र प्रशंसाको पात्र बनाउँछ ।
तपार्इंको उत्तरको जोड संख्या ५०–६० का बीच छ भने तपाईं सुन्दर देखिने चाहना राख्नुहुन्छ तर तपाईं त्यसका लागि प्रयास गर्न अल्छी गर्नुहुन्छ । थोरै प्रयासबाट पनि सुन्दरताप्रति सजग र आत्मविश्वासी महिलाका रूपमा उभिन सक्नुहुन्छ । तपाईंको उत्तरको जोड संख्या २०–३० का बीच छ भने आफ्नो सुन्दरताप्रति लापरबाह महिलाको श्रेणीमा पर्नुहुन्छ । तपाईंले आफ्नो सुन्दरतालाई पूर्णरूपमा वास्ता गर्नुभएको छैन । त्यसैले अझै पनि समय छ, तपाईं आफ्नो सुन्दरताप्रति जागरुक हुनुहोस् र उमेर पुगिसकेको बहाना नबनाउनुहोस् ।