Successfully Copied

सौन्दर्यका लागि ‘एस्थेटिक्स डर्माटोलोजी’

‘एस्थेटिक्स डर्माटोलोजी’ छाला, केश र सौन्दर्यसम्बन्धी उपचार हो ।


डा. मोहन भुसाल

‘एस्थेटिक्स डर्माटोलोजी’ छाला, केश र सौन्दर्यसम्बन्धी उपचार हो । मानिसको सौन्दर्य बढाउन यो उपचार बिनासर्जरी सुईको माध्यमबाट गरिन्छ । पछिल्लो समय यसको ‘ट्रेन्ड’ बढ्दै गएको छ । यसको प्रमुख कारण व्यक्तिमा सौन्दर्य चेतनासँगै उपचार प्रविधिमा नयाँपन आउनु पनि हो । ‘कोभिड १९’ पछि यो उपचार विधिले ह्वात्तै बजार लिएको पाइन्छ । यो उपचार विधि लोकप्रिय हुँदै जानुको अर्को कारण यो बिनाअप्रेसन हुने र उपचार गराएको भोलिपल्टै काममा फर्किन सक्नु पनि हो ।


विधि

यो उपचार विधिभित्र थुप्रै विधा पर्छन् । यसमा विविधताहरू हरेक दिन थपि“दै गएका छन् । ‘हाइड्रा फेसियल’, ‘केमिकल फिलिङ’, ‘बोटक्स ट्रिटमेन्ट’, ‘फिलर’, ‘हेयर एण्ड ट्याटु रिमोभल’, ‘माइक्रो बिडिङ’, ‘एयर लुप रिपेयर’, बिनाअप्रेसन बोसो घटाउने (Cryolipolysis), शरीरको बनोट मिलाउने(Body conturing), छाला चम्काउने र खत हटाउने (Microneedling with PRP) आदि यो उपचारमा पर्छन् । छाला तथा सौन्दर्यसम्बन्धी नयाँ–नयाँ प्रविधिहरू दिनप्रतिदिन थपिँदै छन् । जहाँसम्म ‘एस्थेटिक्स डर्माटोलोजी’ को कुरा छ यो ३० वर्षयता प्रयोगमा छ । पछिल्लो समय यसले पनि बिस्तारित रूप लिन थालेको छ । सन् २०२२ को तथ्यांकअनुसार विश्वबजारमा यसको यो विधिको बजार ११ करोड २० डलर छ । सन् २०३० सम्ममा यो १४ दशमलव सात प्रतिशतले वृद्धि हुने अनुमान छ ।

नेपालको अवस्था

पछिल्लो समय नेपालमा पनि यसले राम्रो बजार पाएको छ । नेपालमा यसको विकास भएको करिब १० वर्षजति भयो । यो अवधिमा धेरैले यसको सेवा लिइसकेका छन् । सर्वसाधारणले यसबारे बुझ्न थालेका छन् । नेपालमा विशेषगरी ‘हाइड्रा फेसियल’, ‘हेयर रिमोभल’, ‘बोटक्स’ धेरैले रुचाएका छन् । ‘एस्थेटिक्स डर्माटोलोजी’ मा प्रयोग हुने प्रविधिहरू खर्चिला भए पनि प्रभावकारी छन् । एकपटक यो उपचार गर्दा २५ सय देखि २५ हजारसम्म खर्च हुन्छ । तर, यो उपचार एकैपटकमा सम्भव छैन । सेसनहरूमार्फत गर्न सकिन्छ ।

(डा.  भुसाल  छाला रोग तथा सौन्दर्य बिशेषज्ञका साथै मिराकल हेयर एण्ड एस्थेटिक्स क्लिनिकका सञ्चालक हुन् )

 Image