लुक एण्ड लर्न सेमिनार सम्पन्न
ललितपुर सानेपा स्थित क्लासिक भेन्युमा भएको सेमिनारमा चर्चित रसियन नेल आर्टिस्ट डिना उमारोभाले सहभागीहरुलाई नेल आर्टको डेमो देखाएकी थिइन् । उनी ब्लु स्काइ ब्राण्डको एसिया प्यासिफिक एम्बेसडर हुन् ।

स्मिता श्रेष्ठ, उन्नति ब्युटिपार्लर, तीनकुने
जब हामी कसैको राम्रो केश देख्छौं तब हामीलाई पनि चाहना हुन्छ कि आफ्नो केश पनि त्यस्तै रेसमी, बाक्लो अनि लामो होस् । केश राम्रो बनाउन तेल मसाज र स्याम्पुले मात्र पुग्दैन, साथमा खानामा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । सन्तुलित खानाले केशको चमक कायम राख्छ ।
प्रोटिन
प्रोटिनका लागि माछा, मासु, दाल, मेवा आदि खान सकिन्छ । यसले केशको लम्बाइ एवं मजबुती बढाउन सहयोग गर्छ ।
ग्रीन टी
केशको राम्रो हेल्थका लागि जरा बलियो बनाउन जरुरी छ । जरा स्वस्थ छ भने केश पनि स्वस्थ रहन्छ । चायाँको समस्या छ भने ग्रीन टी एकदम फाइदाजनक हुन्छ । हेयर एक्सपर्टहरूका अनुसार ग्रीन टीले धोए चायाँ हट्नुका साथै केशमा कान्तिमय चमक आउँछ । ग्रीन टीले बडीलाई फिट राख्न पनि त्यत्तिकै सहयोग गर्छ ।
गाजर
गाजरले शरीरको वजनलाई मात्र होइन केशलाई पनि सन्तुलित राख्छ । यसमा भएको भिटामिन एले केशको जरालाई बलियो बनाउँछ र पर्याप्त मोइस्चराइजर प्रदान गर्छ ।
ओखर
केशलाई स्वस्थ बनाउन ओखर उपयुक्त मानिन्छ । ओखरमा ओमेगा–३ फेटी एसिड, बायोटिन, भिटामिन ई तथा कपूर पाइन्छ जसले केशलाई घामको बाहिरी किरण एवं हावाबाट जोगाउँछ ।
गहुँको रोटी
खानामा गहँुको रोटी समावेश गर्न सकियो भने प्रशस्त फाइबर्स प्राप्त हुन्छ । यसले केशलाई हेल्दी राख्छ । गहुँको रोटी खानाले हड्डीसँग सम्बन्धित समस्याहरूबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ ।
हरियो सागसब्जी
खानामा हरियो सागसब्जी समावेश गर्नुपर्छ । हरियो सागसब्जी केशका लागि एकदम लाभदायक मानिन्छ । हरियो सागसब्जीमा हुने भिटामिन ए तथा सीले आयल सिबम बनाउँछ जसले प्राकृतिक हेयर कन्डिसनरको काम गर्छ । यसको प्रयोगले केशका साथमा अनुहारको चमक पनि बढाउँछ ।