समय बचत गर्न परमानेन्ट मेकअप
परमानेन्ट मेकअप भनेको मेकअप जस्तै देखिने डिजाइनको रचना गर्नु हो । जसमा सुईको सहायताले पिगमेन्ट डिपोजिट गरिन्छ । जुन छालाको बाहिरी लेयरमा गरिन्छ ।

मंसिरको सुरुवातसँगै चिसोको अनुभव हुन्छ अनि छाला रुखो र सुख्खा हुँदै जान्छ । यस्तो बेला छालालाई सुन्दर, चम्किलो एवं नरम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ । छालामा सुख्खापन देखिन थाले दिनहुँ २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । सुख्खा छालामा वाटर बेस क्रिम वा मोइस्चराइजर लगाउन सकिन्छ भने बडी लोसन वा ओलिभ आयल पनि उपयुक्त हन्छ । जाडो मौसममा कोल्ड क्रिम वा एसपीएफ युभी प्रोटेक्सन क्रिम लगाउनुपर्छ । मोइस्चराइजर आफ्नो छालाअनुरूप प्रयोग गर्नुपर्छ । जाडोमा हल्का मेकअप गर्नुपर्छ । आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाउने । जाडो मौसममा अनुहार ड्राई हुने हुँदा कम्प्याक्ट पाउडर लगाउनु हुँदैन । जाडोमा मिनिरल मेकअप उपयुक्त हुन्छ ।
जाडोमा स्पा ट्रिटमेन्ट पनि एकदमै राम्रो विकल्प हो । स्पाले शरीरमा रहेको सबै फोहोर बाहिर निकाल्छ । यसले छालामा जम्मा भएको अतिरिक्त तेलसमेत बाहिर निकाल्छ । यतिबेला समय–समयमा छालामा स्क्रब गर्नुपर्ने सौन्दर्यविद् सीता पाठक बताउँछिन् । पाठकका अनुसार स्क्रब गर्दा छालामा रहेका मृतकोषहरू हुन्छन् जसले गर्दा छाला नरम भएर ग्लो हुन थाल्छ । स्क्रबले छालाको पोर खुल्ने भएकाले स्क्रबपछि अनिवार्य रूपमा फेसप्याक लगाउनुपर्ने सौन्दर्यविद् पाठकले बताइन् ।
जाडोमा चिसो हावाले शरीरको देखिने भाग र हात–खुट्टाको छाला फुट्छ र सुख्खा हुन्छ । त्यसैले अनुहारका साथमा हात–खुट्टाको पनि विशेष ध्यान पुर्याउनुपर्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसनका साथमा सुत्नुअघि ग्लिसरिन लगाउनुपर्छ । जाडो मौसममा पनि धेरै तातोपानीले ननुहाउने । यसले स्किनलाई सुख्खा बनाइदिन्छ । जाडोमा केमिकलयुक्त साबुन तथा क्लिन्जरबाट जोगिनुपर्छ । एलोबेरा वा ग्लिसरिनयुक्त ओयल बेस साबुन प्रयोग गर्न सकिन्छ भने केमिकल र अल्कोहल प्रयोग गरिएका उत्पादन प्रयोग गर्नुहँ‘दैन ।
विन्टर स्किन क्लिन्जर
केही थोपा कागतीको रस र गुलाबजल, एक चम्चा ओलिभ आयल, अरेन्ज जुस, अण्डाको पहेंलो भाग मिसाएर नुहाउनुभन्दा १५ मिनेटअघि लगाउने ।
लिप केयरका लागि
थोरै बटर, केही थोपा कागतीको रस र गुलाबजल मिसाएर सुत्नुअघि लगाउँदा ओठ फुट्दैन र नरम पनि हुन्छ ।
होम फेसियल
मुल्तानी माटो र महलाई बराबर मात्रामा मिसाएर पेस्ट बनाउने । यो पेस्ट लगाएको १५ मिनेटपछि मनतातो पानीले धुने र आल्मन्ड आयल लगाउने ।
हात–खुट्टाका लागि
भिटामिन ई तेल र ऐलोबेरा मिसाएर हात–खुट्टामा दल्ने । यसले हात–खुट्टालाई मोइस्चराइज गर्छ ।
नर्मलदेखि सुख्खा छालाका लागि स्मार्ट टिप्स एलोबेरायुक्त क्लिन्जर प्रयोग गर्ने । एलोबेराले छालाको सुन्दरता निखार्छ अनि छालालाई नरम बनाई डेड स्किनलाई हटाउँछ । त्यसपछि सनस्किन लगाउनुका साथै छालाको पोषणका लागि भिटामिन ए र ईयुक्त क्रिम लगाउनुपर्छ ।
सुख्खा छालाका लागि
साबुनको प्रयोग बन्द गर्ने । नुहाउनुअघि बेसारयुक्त क्रिमले मसाज गर्ने । बेसारले हिलिङ गरी छालालाई मुलायम बनाउँछ । नुहाउनासाथ भिजेकै छालामा मोइस्चराइजर लगाउने ।
फुटेको खुट्टाका लागि
राति १५ मिनेट मनतातो पानीमा खुट्टालाई भिजाउने । फुट स्केपरले डेड स्किनलाई निकाल्ने । एप्रिक्राट क्रिम लगाउने ।
हातका लागि स्क्रब
कागतीको रसमा थोरै मह भिजाएर स्क्रब गर्ने । पानीमा काम गर्दा पन्जा लगाउने । यसले हातको छालालाई सुरक्षित राख्छ ।
सुख्खा छालाका लागि घरेलु टिप्स पाकेको मेवामा केरा मिसाएर लेदो बनाउने । त्यसमा
दुई चम्चा मह हाली तयार पारिएको लेदो अनुहार तथा शरीरमा लगाउने । मेवामा एन्टी अक्सिडेट्स हुन्छ भने केरामा भिटामिन । मेवाले छालालाई मोइस्चराइज गर्छ ।
सुदिना खड्गी, ब्युटिसियन
स्वस्थ केशका लागि
केशका लागि घरेलु उपाय
लक्की श्रेष्ठ महत, ब्युटिसियन
घरेलु टिप्स
अंशु भट्टराई, ब्युटिसियन